जंगली हात्तिको समस्या समाधानका लागि प्रभावकारी  र दीर्घकालीन योजना आवश्यक ः सासंद कर्ण

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ २५, २०८३
|
|
९२ पटक हेरिएको
Shares
जंगली हात्तिको समस्या समाधानका लागि प्रभावकारी  र दीर्घकालीन योजना आवश्यक ः सासंद कर्ण

सारांश

  • शून्य समयमा बोल्दै सांसद कर्णले सोमबार राति करिब १० बजेदेखि जिल्लाको अग्नीसाइर कृष्णसवरन गाउँपालिका ६ महुली मोहनपुरमा प्रवेश गरेका दर्जनौँ जंगली हात्तीको हुलले बिहान करिब ३ बजेसम्म लगातार पाँच घण्टा आतंक मच्चाएको जानकारी दिए ।
  • उनका अनुसार हात्तीको बथानले कृषकहरूले भित्र्याउने तयारीमा रहेको मकैबाली कुल्चिएर नष्ट गर्नुका साथै रोपाइँका लागि तयार पारिएको धानको बीउ (ब्याड) समेत पूर्ण रूपमा सखाप पारेको छ ।
  • यसबाट स्थानीय किसानको वर्षभरिको मेहनतमा ठूलो क्षति पुगेको उनले बताए ।
दैनिक समाचारदाता
राजविराज, २५ असार । 
प्रतिनिधि सभा सदस्य खगेन्द्र कर्णले सप्तरीमा जंगली हात्तीको बथानले पु¥याएको ठूलो क्षतिको विषय प्रतिनिधि सभामा उठाएका छन् ।
शून्य समयमा बोल्दै सांसद कर्णले सोमबार राति करिब १० बजेदेखि जिल्लाको अग्नीसाइर कृष्णसवरन गाउँपालिका ६ महुली मोहनपुरमा प्रवेश गरेका दर्जनौँ जंगली हात्तीको हुलले बिहान करिब ३ बजेसम्म लगातार पाँच घण्टा आतंक मच्चाएको जानकारी दिए ।
उनका अनुसार हात्तीको बथानले कृषकहरूले भित्र्याउने तयारीमा रहेको मकैबाली कुल्चिएर नष्ट गर्नुका साथै रोपाइँका लागि तयार पारिएको धानको बीउ (ब्याड) समेत पूर्ण रूपमा सखाप पारेको छ । यसबाट स्थानीय किसानको वर्षभरिको मेहनतमा ठूलो क्षति पुगेको उनले बताए ।
सांसद कर्णले किसानहरू जंगली हात्तीको आतंकबाट निकै पीडित बनेको उल्लेख गर्दै ठूलो संख्यामा गाउँभित्रै हात्ती प्रवेश गरेपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य भएको बताए । वर्षभरि खाने अन्नबाली थन्क्याउने बेला जंगली जनावरले नष्ट गरिदिएपछि किसानहरू गहिरो चिन्तामा परेको उनको भनाइ थियो ।
उनले यस क्षेत्रका किसानहरूले विगत ३५ वर्षदेखि निरन्तर जंगली जनावरको आतंक सहँदै आएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रभावकारी र दीर्घकालीन योजना आवश्यक रहेको बताए ।
सांसद कर्णले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै जंगली हात्ती नियन्त्रण, प्रभावित किसानको संरक्षण तथा क्षतिपूर्तिको व्यवस्था गर्न र दीर्घकालीन समाधानका लागि आवश्यक योजना तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते 
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते 
विज्ञापनको खारेजीको माँग गर्दै चक्काजाम
विज्ञापनको खारेजीको माँग गर्दै चक्काजाम
दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ
दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ
आगलागिमा तीन परिवारको सात घर नष्ट
आगलागिमा तीन परिवारको सात घर नष्ट
सय किलो गाजा बरामद
सय किलो गाजा बरामद
शोभायात्रा माथि आक्रमण गर्ने  अपराधीलाई कडा कारवाहीको माग
शोभायात्रा माथि आक्रमण गर्ने  अपराधीलाई कडा कारवाहीको माग
स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड
स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड
डुंगाको प्रयोग गरि तस्करी गरि ल्याइएका विद्युतिय सामान बरामद