ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, श्रावण २५, २०८३
|
|
२४ पटक हेरिएको
Shares
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका

सारांश

  • सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा सोमबार जारि विज्ञप्तिमा ग्यास उद्योग डिलरबाट ग्यास ल्याई सहज रुपमा बिक्रि बितरण नगरी लुकाई छिपाई राखी तोकिएको मुल्य भन्दा बढी रकम लिई होटल, व्यवसायी, ग्राहकहरुलाई बिक्रि बितरण गरिरहेको गुनासो प्राप्त भएको जनाइएको छ ।
  • सोही सूचनामा नियमित ग्राहकको माग वेवास्त ागर्ने, पहुँच र चिनजानका आधारमा बिक्रि बितरण गर्ने, मुल्य सूची नराख्ने, बिक्रि बिल नदिने, बिल बिजक नराख्ने, कृतिम अभाव सृजना गर्ने, भण्डारण गरी लुकाई राख्ने तथा दर्ता अनुमति नभएका बिक्रेतालाई बितरकले ग्यास उपलब्ध गराउने कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने जनाइएको छ ।
  • उल्लेखित नियम विपरीत कार्य गरेको पाइएमा कालो बजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ र उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिने र ग्यास सिलिण्डर समेत जफत गरिने चेतावनी समेत सूचना मार्फत दिइएको छ ।
दैनिक समाचारदाता
राजविराज, २५ साउन । 
जिल्ला प्रशासन कार्यालय सप्तरीले खाना पकाउने एल.पी. ग्यास बिक्री वितरण गर्ने डिलर, व्यवसायीहरुलाई सहज रुपमा बिक्रि बितरणका लागि आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा सोमबार जारि विज्ञप्तिमा ग्यास उद्योग डिलरबाट ग्यास ल्याई सहज रुपमा बिक्रि बितरण नगरी लुकाई छिपाई राखी तोकिएको मुल्य भन्दा बढी रकम लिई होटल, व्यवसायी, ग्राहकहरुलाई बिक्रि बितरण गरिरहेको गुनासो प्राप्त भएको जनाइएको छ ।
सोही सूचनामा नियमित ग्राहकको माग वेवास्त ागर्ने, पहुँच र चिनजानका आधारमा बिक्रि बितरण गर्ने, मुल्य सूची नराख्ने, बिक्रि बिल नदिने, बिल बिजक नराख्ने, कृतिम अभाव सृजना गर्ने, भण्डारण गरी लुकाई राख्ने तथा दर्ता अनुमति नभएका बिक्रेतालाई बितरकले ग्यास उपलब्ध गराउने कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने जनाइएको छ ।
उल्लेखित नियम विपरीत कार्य गरेको पाइएमा कालो बजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ र उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिने र ग्यास सिलिण्डर समेत जफत गरिने चेतावनी समेत सूचना मार्फत दिइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?