राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार 

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, श्रावण २५, २०८३
|
|
११ पटक हेरिएको
Shares
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार 

सारांश

  • सोमबार राजविराजमा आयोजित ३४औँ वैद्य–प्रकाश स्मृति दिवसको अवसरमा मधेश प्रदेश सभाका सभामुख रामअषिश यादवले पासवानलाई सम्मानित गरेका हुन ।
  • मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै दलित, महिला तथा उत्पीडित समुदायको अधिकारका लागि योगदान पु¥याएकोले उनलाई सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।
  • वैद्य–प्रकाश स्मृति पुरस्कारका संस्थापक वैद्यनाथ झाले सप्तरीमा स्थापना भई विगत साढे दुई दशकदेखि ग्रामीण क्षेत्रमा दलित, बालबालिका तथा महिलाले भोग्दै आएका विभेद, हिंसा र अन्यायविरुद्ध निरन्तर क्रियाशील रहँदै आएको योगदानको कदरस्वरूप पासवानलाई सम्मान गरिएको जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, २५ साउन । 
वैद्य–प्रकाश मानव अधिकार पुरस्कार २०८३ बाट दलित अधिकारकर्मी तथा समाजसेवी राजु पासवान सम्मानित भएका छन् ।
सोमबार राजविराजमा आयोजित ३४औँ वैद्य–प्रकाश स्मृति दिवसको अवसरमा मधेश प्रदेश सभाका सभामुख रामअषिश यादवले पासवानलाई सम्मानित गरेका हुन ।
मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै दलित, महिला तथा उत्पीडित समुदायको अधिकारका लागि योगदान पु¥याएकोले उनलाई सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।
वैद्य–प्रकाश स्मृति पुरस्कारका संस्थापक वैद्यनाथ झाले सप्तरीमा स्थापना भई विगत साढे दुई दशकदेखि ग्रामीण क्षेत्रमा दलित, बालबालिका तथा महिलाले भोग्दै आएका विभेद, हिंसा र अन्यायविरुद्ध निरन्तर क्रियाशील रहँदै आएको योगदानको कदरस्वरूप पासवानलाई सम्मान गरिएको जानकारी दिए ।
पासवानले समुदायलाई सचेत बनाउँदै दलित समुदायको सशक्तीकरण, बालविवाह न्यूनीकरण, हिंसापीडितको उद्धार, राहत तथा पुनःस्थापना, कानुनी सहायता र सामाजिक मर्यादा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य माला कर्ण, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सप्तरीका प्रहरी प्रमुख रूपक खड्का, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देव लगायतले मन्तव्य व्यक्त व्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 
औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह 
औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह 
पाठेघरको मुखको क्यान्सरबाट  दैनिक चार महिलाको मृत्यु
पाठेघरको मुखको क्यान्सरबाट  दैनिक चार महिलाको मृत्यु
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति
हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति
राजविराज नगरपालिकाका वडा सदस्यहरु आन्दोलित
राजविराज नगरपालिकाका वडा सदस्यहरु आन्दोलित
टाउको र धड छुट्टीएको  अवस्था महिलाको शव फेला
मन्त्री साहद्वारा  चिसोपीडितलाई कम्बल प्रदान
मन्त्री साहद्वारा  चिसोपीडितलाई कम्बल प्रदान