राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार 

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, श्रावण २५, २०८३
|
|
१०४ पटक हेरिएको
Shares
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार 

सारांश

  • सोमबार राजविराजमा आयोजित ३४औँ वैद्य–प्रकाश स्मृति दिवसको अवसरमा मधेश प्रदेश सभाका सभामुख रामअषिश यादवले पासवानलाई सम्मानित गरेका हुन ।
  • मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै दलित, महिला तथा उत्पीडित समुदायको अधिकारका लागि योगदान पु¥याएकोले उनलाई सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।
  • वैद्य–प्रकाश स्मृति पुरस्कारका संस्थापक वैद्यनाथ झाले सप्तरीमा स्थापना भई विगत साढे दुई दशकदेखि ग्रामीण क्षेत्रमा दलित, बालबालिका तथा महिलाले भोग्दै आएका विभेद, हिंसा र अन्यायविरुद्ध निरन्तर क्रियाशील रहँदै आएको योगदानको कदरस्वरूप पासवानलाई सम्मान गरिएको जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, २५ साउन । 
वैद्य–प्रकाश मानव अधिकार पुरस्कार २०८३ बाट दलित अधिकारकर्मी तथा समाजसेवी राजु पासवान सम्मानित भएका छन् ।
सोमबार राजविराजमा आयोजित ३४औँ वैद्य–प्रकाश स्मृति दिवसको अवसरमा मधेश प्रदेश सभाका सभामुख रामअषिश यादवले पासवानलाई सम्मानित गरेका हुन ।
मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै दलित, महिला तथा उत्पीडित समुदायको अधिकारका लागि योगदान पु¥याएकोले उनलाई सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।
वैद्य–प्रकाश स्मृति पुरस्कारका संस्थापक वैद्यनाथ झाले सप्तरीमा स्थापना भई विगत साढे दुई दशकदेखि ग्रामीण क्षेत्रमा दलित, बालबालिका तथा महिलाले भोग्दै आएका विभेद, हिंसा र अन्यायविरुद्ध निरन्तर क्रियाशील रहँदै आएको योगदानको कदरस्वरूप पासवानलाई सम्मान गरिएको जानकारी दिए ।
पासवानले समुदायलाई सचेत बनाउँदै दलित समुदायको सशक्तीकरण, बालविवाह न्यूनीकरण, हिंसापीडितको उद्धार, राहत तथा पुनःस्थापना, कानुनी सहायता र सामाजिक मर्यादा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य माला कर्ण, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सप्तरीका प्रहरी प्रमुख रूपक खड्का, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देव लगायतले मन्तव्य व्यक्त व्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद
सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद
समाचारको प्रभाव–  छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
समाचारको प्रभाव– छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
तिरहुत गाउँपालिकाद्वारा निशुल्क बोयर क्रस बोका बितरण 
तिरहुत गाउँपालिकाद्वारा निशुल्क बोयर क्रस बोका बितरण 
मधेश प्रदेश लिगमा सप्तरी फाईनलमा प्रवेश
मधेश प्रदेश लिगमा सप्तरी फाईनलमा प्रवेश
लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
राजदेबी टोलमा लाखौको चोरी 
राजदेबी टोलमा लाखौको चोरी 
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
रुपनी गापाले धान काट्ने आधुनिक मेशिन भित्रायो 
रुपनी गापाले धान काट्ने आधुनिक मेशिन भित्रायो 
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका