आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, श्रावण २६, २०८३
|
|
२९ पटक हेरिएको
Shares
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी

सारांश

  • जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक रुपक खडकाले साउन महिनाको २६ दिनको अवधीमा जिल्लाको ११ स्थानमा समुदाय र विद्यालययमा पुगी सचेतना अभियान सम्पन्न गरेको जानकारी दिएका छन् ।
  • जिल्लामा आत्महत्याका घट्ना बढ्दै गएकोले यस्तो अभियान संचालन गरेको उनको भनाई छ ।
  • साउन १ देखि साउन २६ सम्म २६ दिनको अवधिमा ४ जना बालिकासहित ७ जनाले आत्महत्या गरेको तथा जिल्लामा यस्ता घटना बारे सचेतना  फैलाउन प्रहरी सक्रिय भएको उनले बताए ।
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
सप्तरी प्रहरीले आत्महत्या घटनालाई न्यूनिकरण र निरुत्साहित गर्न विभिन्न स्थानमा सचेतना फैलाउने अभियान सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक रुपक खडकाले साउन महिनाको २६ दिनको अवधीमा जिल्लाको ११ स्थानमा समुदाय र विद्यालययमा पुगी सचेतना अभियान सम्पन्न गरेको जानकारी दिएका छन् ।
जिल्लामा आत्महत्याका घट्ना बढ्दै गएकोले यस्तो अभियान संचालन गरेको उनको भनाई छ । साउन १ देखि साउन २६ सम्म २६ दिनको अवधिमा ४ जना बालिकासहित ७ जनाले आत्महत्या गरेको तथा जिल्लामा यस्ता घटना बारे सचेतना  फैलाउन प्रहरी सक्रिय भएको उनले बताए ।
प्रहरीको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा ४ बालिका, २ पुरुष र १ महिला छन् । आत्महत्या गर्नेमा १६ देखि २५ बर्ष उमेर समुहकी ४ बालिका, ३६ देखि ४५ बर्ष उमेर समूहका २ पुरुष र २६ बर्ष देखि २८ बर्ष उमेर समूहका १ गरी ७ जना छन् । ती सबै जिल्लाको विभिन्न स्थानमा झुण्डिएर आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
“यो तथ्याङ्कले जिल्लामा आत्महत्याका घट्ना बढी रहेको देखिएको हो । प्रेम प्रसंङ्ग, परिवारिक कलह, बेरोजगारी, आर्थिक अभाव, ऋण, परीक्षामा असफलता, बैदेशिक रोजगारी र मानसिक तनाव लगायतका कारणले आत्महत्या गर्नेको संख्या बर्षेनी बढ्दै गएको छ ।” प्रहरी उपरीक्षक खडका भने, “यसको नियन्त्रणका लागि प्रहरीले विभिन्न ढंगले प्रयास गरिरहेको छ ।”
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले सामाजिक, आर्थिक, पारिवारिक र मानसिक हिसाबले सम्पन्न नहुदा आत्महत्याको घट्ना बढ्ने गरेको बताए । आप्mनो अवस्थाप्रति निराशा बढेर पनि आत्महत्या गर्ने निर्णयमा पुग्ने गरेको पाइएको उनको भनाई छ ।
प्रहरीको प्रयाससंगै सरोकारवाला निकाय सबैले पहल गरे धेरै हदसम्म आत्महत्याका घट्ना रोक्न सकिने मनोचिकित्सकहरुको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवादी महिला संघको  अध्यक्षमा सर्वसम्मत रमिला देवी
समाजवादी महिला संघको  अध्यक्षमा सर्वसम्मत रमिला देवी
करेन्ट लागेर मृत्यु                                                                                  
करेन्ट लागेर मृत्यु                                                                                  
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
आन्तरिक राजश्व कार्यालय स्थापनाको  माग गर्दै रिले अनसन सुरु
आन्तरिक राजश्व कार्यालय स्थापनाको  माग गर्दै रिले अनसन सुरु
छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
“अधिवेशनको सम्पूर्ण तयारी पुरा” 
“अधिवेशनको सम्पूर्ण तयारी पुरा” 
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन