हराएका २६ जना मध्ये २० जना फेला

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, श्रावण २८, २०८३
|
|
१२ पटक हेरिएको
Shares
हराएका २६ जना मध्ये २० जना फेला

सारांश

  • जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा साउन १ देखि साउन २३ सम्मको सार्वजनिक सम्पादित विभिन्न कार्य तथा मासिक प्रगति विवरण अनुसार यस अवधिमा जिल्लाका विभिन्न स्थानबाट १२÷१२ महिला र बालबालिका तथा १÷१ बालक र पुरुष गरी कूल २६ जना हराएका थिए ।
  • जस मध्ये १० महिला, ८ बालिका र १÷१ बालक र पुरुष फेला परेका छन् ।
  • दुई महिला र ४ बालिकाको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
सप्तरी जिल्लाबाट दुई दर्जन महिला र बालबालिकासहित २६ जना हराएको तथ्याङ्क सार्वजनिक भएको छ । हराएका मध्ये २० जना फेला पारिएको छ भने ६ जनाको अवस्था अझै अज्ञात छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा साउन १ देखि साउन २३ सम्मको सार्वजनिक सम्पादित विभिन्न कार्य तथा मासिक प्रगति विवरण अनुसार यस अवधिमा जिल्लाका विभिन्न स्थानबाट १२÷१२ महिला र बालबालिका तथा १÷१ बालक र पुरुष गरी कूल २६ जना हराएका थिए । जस मध्ये १० महिला, ८ बालिका र १÷१ बालक र पुरुष फेला परेका छन् ।
दुई महिला र ४ बालिकाको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए । हराएका मध्ये अधिकांशको सिमावर्ती भारतीय बजारबाट सकुशल उद्धार गरिएको उनको भनाई छ ।
प्रहरी उपरीक्षक रुपक खडकाले अझै हराई रहेका ६ जनाको अवस्था पत्ता लगाउन प्रहरी सक्रिय भई लागि परेको बताए ।
कतिपय घरमा कुनै जानकारी नै नदिई रोजगारीका लागि भारतको विभिन्न शहरमा पुग्ने, कोही घर परिवारमा आर्थिक अभाव, परिवारिक समस्या, दुव्र्यहार, उचित शिक्षा दिक्षाको अभाव, प्रेम प्रसङ्ग तथा समुदाय र परिवारको चेतनास्तरको कमी लगायतका कारणले पनि घर छाडेर बेपत्ता हुने गरेको अनुसन्धानका क्रममा खुल्ने गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ
दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड
बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपाल अग्रसर ः नेता महतो
बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपाल अग्रसर ः नेता महतो
सबै जुटे सरसफाईमा
सबै जुटे सरसफाईमा
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
काँग्रेसकै कार्यकर्ताबाट कार्यक्रमस्थल मै  सांसद तेजुलाल चौधरीमाथी हातपात
काँग्रेसकै कार्यकर्ताबाट कार्यक्रमस्थल मै  सांसद तेजुलाल चौधरीमाथी हातपात
चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी  
चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी  
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण