विपद् पूर्व अनुमानमा आधारित तालिम सम्पन्न 

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, श्रावण ३१, २०८३
|
|
१६ पटक हेरिएको
Shares
विपद् पूर्व अनुमानमा आधारित तालिम सम्पन्न 

सारांश

  • युनिसेफको सहयोगमा तिलाठी कोइलाडी, छिन्नमस्ता, हनुमाननगर कंकालिनी, कञ्चनरुप र सप्तकोशी नगरपालिकाको आयोजनामा आइतबार राजविराजमा सो तालिम सम्पन्न भएको हो ।
  • विपद् आउनुअघि नै पूर्वानुमान र प्रारम्भिक चेतावनीका आधारमा आवश्यक सहायता तथा स्रोत परिचालन गरी मानवीय क्षति र विपद्को प्रभाव कम गर्ने उद्देश्यले पूर्वानुमानमा आधारित कार्य सञ्चालन गर्न तालिमको आयोजना गरिएको तिलाठी कोईलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।
  • बाढी लगायतका विपद्को सम्भावना देखिएपछि  जोखिममा रहेका समुदायलाई आवश्यक सहायता उपलब्ध गराउने, सुरक्षित स्थानमा जान सहयोग गर्ने तथा जीविकोपार्जन र सम्पत्ति जोगाउन सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरे ।
दैनिक समाचारदाता
राजविराज, ३१ साउन । 
सप्तरीमा पूर्वानुमानमा आधारित कार्यलाई प्रभावकारी बनाउन प्रभावित व्यक्तिप्रति जवाफदेहिता र मानवीय कार्यमा अपाङ्गता समावेशीकरण सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ ।
युनिसेफको सहयोगमा तिलाठी कोइलाडी, छिन्नमस्ता, हनुमाननगर कंकालिनी, कञ्चनरुप र सप्तकोशी नगरपालिकाको आयोजनामा आइतबार राजविराजमा सो तालिम सम्पन्न भएको हो ।
विपद् आउनुअघि नै पूर्वानुमान र प्रारम्भिक चेतावनीका आधारमा आवश्यक सहायता तथा स्रोत परिचालन गरी मानवीय क्षति र विपद्को प्रभाव कम गर्ने उद्देश्यले पूर्वानुमानमा आधारित कार्य सञ्चालन गर्न तालिमको आयोजना गरिएको तिलाठी कोईलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।
बाढी लगायतका विपद्को सम्भावना देखिएपछि  जोखिममा रहेका समुदायलाई आवश्यक सहायता उपलब्ध गराउने, सुरक्षित स्थानमा जान सहयोग गर्ने तथा जीविकोपार्जन र सम्पत्ति जोगाउन सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरे ।
युनिसेफका कार्यक्रम अधिकृत अशोककुमार झाले पूर्वानुमानमा आधारित कार्यलाई समुदायमैत्री र प्रभावकारी बनाउन स्थानीय सरकारको क्षमता अभिवृद्धिका लागि यस्तो तालिम संचालन गरिएको बताए ।
उनका अनुसार यस अघि हनुमाननगर कंकालिनी नगरपालिकाका २४ जना कार्यपालिका सदस्य तथा कर्मचारीलाई यस्तै तालिम दिइसकिएको छ र बाँकी तीन पालिकाका २४÷२४ जनासहित पाँच पालिकाका गरी कुल १२० जनालाई तालिम प्रदान गरिने छ ।
तालिममा पूर्वानुमानमा आधारित कार्यसँगै प्रभावित व्यक्तिप्रति जवाफदेहिता, समुदायलाई समयमै र सहज रुपमा सूचना प्रवाह, सुझाव तथा गुनासो संयन्त्र स्थापना तथा व्यवस्थापन र समुदायबाट प्राप्त सुझावलाई पूर्वानुमानका आधार, प्रारम्भिक कार्य तथा प्रतिकार्य योजनामा समावेश गर्ने विषयमा प्रशिक्षण दिइएको कार्यक्रम अधिकृत झाले जानकारी दिए ।
त्यसैगरी विपद् व्यवस्थापनको योजना तथा निर्णय प्रक्रियामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषयलाई पनि तालिमले प्राथमिकता दिएको छ ।
स्थानीय नीति, योजना तथा कार्यविधिमा प्रभावित व्यक्तिप्रति जवाफदेहिताका सिद्धान्त समावेश गरी पूर्वानुमानमा आधारित कार्यलाई संस्थागत बनाउने विषयमा समेत तालिममा छलफल हुने बताइएको छ ।
तालिममा युनिसेफका कामदेव खनाल, अशोककुमार झा, विष्णुमाया भट्टराई, मेघराज मगर तथा सबल नेपालका मनिष महर्जन र राजेश झाले सहजीकरण गरेका थिए ।
पूर्वानुमानमा आधारित कार्यले विपद्पछि राहत र उद्धारमा मात्र निर्भर हुने परम्परागत प्रणाली भन्दा अघि बढेर जोखिमको पूर्वानुमानकै आधारमा आवश्यक तयारी र सहायता परिचालन गर्ने भएकाले स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको युनिसेफले जनाएको छ ।
तालिममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यपालिका सदस्य तथा कर्मचारी गरी २४ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
खानेपानीको गुणस्तर परिक्षणका लागि  गाउँपालिका कार्यालयमै ल्याब स्थापना
खानेपानीको गुणस्तर परिक्षणका लागि  गाउँपालिका कार्यालयमै ल्याब स्थापना
प्रदेश २ की राज्य मन्त्रीको गाडी दुर्घटना
प्रदेश २ की राज्य मन्त्रीको गाडी दुर्घटना
मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको  विषादी छर्किनमा समस्या ः राविनपा
मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको  विषादी छर्किनमा समस्या ः राविनपा
सफटेकका निर्देशक यादव दम्पति कोरोनाबाट निको भए
सफटेकका निर्देशक यादव दम्पति कोरोनाबाट निको भए
जुम्ल्याहा सन्तानलाई पोषिलो आहाराको जोहो गर्न नसक्दा पीडामा खंग दम्पत्ति
जुम्ल्याहा सन्तानलाई पोषिलो आहाराको जोहो गर्न नसक्दा पीडामा खंग दम्पत्ति
‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’ 
‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’ 
नौं दिनदेखी बालक सम्पर्कविहीन 
नौं दिनदेखी बालक सम्पर्कविहीन