हटाइदै अतिक्रमित संरचना र सडक छेउको तरकारी बजार

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, भाद्र २, २०८३
|
|
१२३ पटक हेरिएको
Shares
हटाइदै अतिक्रमित संरचना र सडक छेउको तरकारी बजार

सारांश

  • राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनसहित नगरपालिकाका कर्मचारी र सरसफाईकर्मीको टोलीसहित अहिले नगरलाई व्यवस्थित बनाउन लागिपरेका हुन् ।
  • नगरको राममन्दिर–अदालत रोड सडक खण्डको सडकपेटी अतिक्रमण गरि बसेका फुटफाथे पसल हटाएको टोलीले हटिया कम्पलेक्स वरिपरी अतिक्रमण गरी बसाईएका फुटपाथे पसलहरु समेत हटाएका छन् ।
  • पटक–पटक सूचना र त्यसपछि मौखिक आग्रह गरी सडक तथा हटिया कम्पलेक्स आसपासका सार्वजनिक जग्गा मिचेर बसेका फुटफाथे पसलहरुलाई खाली गर्न आग्रह गर्दा पनि बेवास्ता गरेकाले नगरपालिकाले ती संरचनाहरु हटाउन थालेको कार्यवाहक नगरप्रमुख परवीनको भनाई छ ।
दैनिक समाचारदाता
राजविराज, २ भदौ ।
नेपालकै पुरानो टाउन प्लानिङ्ग नगर राजविराजलाई अतिक्रमण मुक्त, सुन्दर र व्यवस्थित बनाउन अहिले राजविराज नगरपालिका लागिपरेको छ ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनसहित नगरपालिकाका कर्मचारी र सरसफाईकर्मीको टोलीसहित अहिले नगरलाई व्यवस्थित बनाउन लागिपरेका हुन् ।
नगरको राममन्दिर–अदालत रोड सडक खण्डको सडकपेटी अतिक्रमण गरि बसेका फुटफाथे पसल हटाएको टोलीले हटिया कम्पलेक्स वरिपरी अतिक्रमण गरी बसाईएका फुटपाथे पसलहरु समेत हटाएका छन् ।
पटक–पटक सूचना र त्यसपछि मौखिक आग्रह गरी सडक तथा हटिया कम्पलेक्स आसपासका सार्वजनिक जग्गा मिचेर बसेका फुटफाथे पसलहरुलाई खाली गर्न आग्रह गर्दा पनि बेवास्ता गरेकाले नगरपालिकाले ती संरचनाहरु हटाउन थालेको कार्यवाहक नगरप्रमुख परवीनको भनाई छ ।
सार्वजनिक जग्गा मिच्ने सबैलाई क्रमशः ३५ दिने, १५ दिने र ७ दिने सूचना प्रकाशित गरी पटक–पटक समय दिदा पनि कतिपय व्यक्तिले अझै अटेर गरिरहेको पाइएपछि ती संरचना हटाउन सुरक्षाकर्मीको टोली सहित निस्किनु परेको उनको कथन छ ।
नगरपालिकाले हालसम्म सिरहा रोड, कञ्चनपुर रोड, कुनौली रोड, मच्छहट्टा रोड तथा मुख्य बजार क्षेत्रको मेनरोडको अतिक्रमित तथा सडक मापदण्ड भित्र परेका जग्गाहरुमा बनाइएको घर, टहरा र पसल डोजर लगाएर भत्काइ सकेको छ ।
यसैबीच मंगलबार साँझ अदालत रोडको छेउमा लगाइएको विभिन्न तरकारी बजार समेत हटाइएको छ । कावा नगरप्रमुख परविन तथा वडा नं. ७ का अध्यक्ष  सुभाषचन्द्र यादवको नेतृत्वमा सडक छेउका तरकारी बजार हटाइएको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाडपर्वलाई लक्षित गरि सरसफाई अभियान
चाडपर्वलाई लक्षित गरि सरसफाई अभियान
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
श्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरिक पक्राउ
श्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरिक पक्राउ
सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो
सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो
बाढीमा फसेकाहरुको उद्दार
बाढीमा फसेकाहरुको उद्दार
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 
सर्पको टोकाईबाट नाबालकको ज्यान गयो
सर्पको टोकाईबाट नाबालकको ज्यान गयो