निवर्तमान अध्यक्ष चौधरीले लगाएका आरोप निराधार,  योजनाबद्ध तरीकाबाट असहयोग गर्दै आएको वर्तमान अध्यक्ष यादवको दाबी

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आश्विन २३, २०८३
|
|
३४ पटक हेरिएको
Shares
निवर्तमान अध्यक्ष चौधरीले लगाएका आरोप निराधार,  योजनाबद्ध तरीकाबाट असहयोग गर्दै आएको वर्तमान अध्यक्ष यादवको दाबी

सारांश

  • शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिँदै उनले उक्त संख्या बाहेक सो परिक्षामा ४ सय १४ जनाले १ सय १० रुँपैयाका दरले शुल्क बुझाएको बताए ।
  • केही दिनअघि मात्र जिल्ला बार एकाईका पूर्वअध्यक्ष रामप्रसाद चौधरी र कृपानारायण यादवले पत्रकार सम्मेलन गरि जिल्ला बारका वर्तमान समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको मिलोमतोमा लेखापढी व्यवसायीहरुको परिक्षामा १ हजार २ सय जना परीक्षार्थीबाट उठेको रकम मध्ये २३ लाख रुँपैया भन्द्या बढी अनियमितता भएको आरोप लगाएका थिए ।
  • सो आरोपप्रति लक्षित गर्दै अध्यक्ष यादवले १ हजार ८४ जना परीक्षार्थीको सामूहिक परीक्षाका लागि कानुन व्यवसायीहरुको बृहत बैठक बोलाई जानकारी दिई सो बैठकबाट प्राप्त सल्लाह अनुसार नै कार्य अगाडी बढाएको स्पष्ट पारेका छन् ।
दैनिक समाचारदाता
राजविराज, २३ असोज । 
सप्तरी जिल्ला बार एकाईका अध्यक्ष कामेश्वर यादवले लेखापढी कानुन व्यवसायीको परीक्षा वापत ६ सय ७० जनाबाट ५ हजारका दरले तालिम वापत रकम उठेको जानकारी दिएका छन् ।
शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिँदै उनले उक्त संख्या बाहेक सो परिक्षामा ४ सय १४ जनाले १ सय १० रुँपैयाका दरले शुल्क बुझाएको बताए ।
केही दिनअघि मात्र जिल्ला बार एकाईका पूर्वअध्यक्ष रामप्रसाद चौधरी र कृपानारायण यादवले पत्रकार सम्मेलन गरि जिल्ला बारका वर्तमान समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको मिलोमतोमा लेखापढी व्यवसायीहरुको परिक्षामा १ हजार २ सय जना परीक्षार्थीबाट उठेको रकम मध्ये २३ लाख रुँपैया भन्द्या बढी अनियमितता भएको आरोप लगाएका थिए । सो आरोपप्रति लक्षित गर्दै अध्यक्ष यादवले १ हजार ८४ जना परीक्षार्थीको सामूहिक परीक्षाका लागि कानुन व्यवसायीहरुको बृहत बैठक बोलाई जानकारी दिई सो बैठकबाट प्राप्त सल्लाह अनुसार नै कार्य अगाडी बढाएको स्पष्ट पारेका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आफूहरु निर्वाचित भएर आए लगत्तै निवर्तमान अध्यक्ष रामप्रसाद चौधरीले योजनाबद्ध तरीकाबाट असहयोग गर्दै आएको बताए । निवर्तमान अध्यक्ष चौधरीले आफ्नो कार्यकालको केही बरबुझारथ मात्र गरेको तथा अन्यको कागजात समेत पेश नगरेको उनले जानकारी दिँदै बारद्वारा संचालनमा रहेको फोटोकपी मेशिनबाट प्राप्त धरौटी वापत ५० हजार रकम समेत खर्च गरेको, निवर्तमान अध्यक्ष चौधरीले आफ्नो दुई कार्यकालमा बारको भवनमा कार्यसमितिको पक्ष रहदा रहदै पनि कार्यकक्षमा कार्यसमितिका कार्यहरु संचालन नगरि आफ्नो निजि ल फर्ममा कार्य संचालन गर्दै आएको अध्यक्ष यादवको आरोप रहेको छ ।
अध्यक्ष यादवले आफ्नो कार्यकालमा एक वर्ष भित्रैमा वार्षिक साधारण सभा बोलाउनु पर्ने धारणा राख्दै आएपनि लेखापढी प्रमाणपत्रको आवेदन लिने कार्यदेखी तालिम, परीक्षा र पुनः मौका परीक्षा लिई प्रमाणपत्र बितरण गर्ने कार्यमा पाँच महिना लागेको र त्यसपछी भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागिका कारण साधारण सभाको बैठक बोलाउनमा केही समय लागेको उल्लेख गरे ।
गत वर्ष २०८२ चौत १२ गतेदेखि यस कार्य समितिले वार्षिक साधारण सभाको बैठक डाकी सो साधारणसभाको बैठकको दोस्रो सत्र लगातार चलेको र कार्यसमितिको प्रतिवेदन उपर गहन रुपमा अध्ययन भई छलफल हुँदा आयब्यय सम्बन्धमा सम्पूर्ण कागजातहरुको अध्ययनका लागी अधिवक्ता रामकुमार यादवको संयोजकत्वमा ५ सदस्यी समिति गठन भएको अध्यक्ष यादवले जानकारी दिए ।
संयोजक यादवले घरायसी कारणले गर्दा पदवाट राजीनामा दिएको र अन्त्यमा निवर्तमान अध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा अधिवक्ता लोकनाथ यादव, अधिवक्ता जागेश्वर यादव गरी तीन सदस्यीय समितिको गठन भएको उनले जानकारी दिए । तर, संयोजक चौधरीले प्रतिवेदन तयार गरी बन्द सत्रमा उपस्थित नभई सो प्रतिवेदन पेश गर्न सम्पूर्ण जिम्मेवारी अधिवक्ता जागेश्वर यादवलाई दिएका थिए । जिम्मेवारी प्राप्त भएपछी जागेश्वर यादवले प्राप्त गरेको निर्देशन र जिम्मेवारी अनुसार साधारणसभाको बन्द सत्रमा प्रतिवेदन प्रस्तुत गरी सो समेत सन्दर्भमा गहन छलफल भए पश्चात सचिव र कोषाध्यक्षको प्रतिवेदनहरु सर्वसम्मतिले पास भएको उनको भनाई छ । यद्दपी साधारणसभाबाट पारित प्रतिवेदनहरुप्रति पनि निवर्तमान अध्यक्ष चौधरीले असहमति जनाउँदै आएको उनको भनाई छ ।
यस्तै सोही पत्रकार सम्मेलनमा जिल्ला बारको शौचालयलाई ब्यवस्थित गर्नका लागी आवश्यक सामाग्रीहरु ल्याई जनमजदुर लगाउँदा निवर्तमान अध्यक्ष राम प्रसाद चौधरी, प्रत्यशी अध्यक्ष उम्मेदवार उपेन्द्र प्रसाद यादव र यस बारका सदस्य शिवनाथ प्रसाद साह मिली अभद्र रुपमा जन मजदुरलाई समेत हप्काई धाक धम्की देखाई काम बन्द गराएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा बारका पूर्वअध्यक्षहरु सुरेन्द्र यादव, दुर्गानन्द चौधरी, डोमन साह, कोषाध्यक्ष निलम कुमारी यादव, उपाध्यक्ष मिस्टर चौधरी, सचिव रामएकवाल मण्डल लगायत जिल्ला बारका अधिवक्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोश्रो पटक छोरी जन्माएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा ससुरा पक्राउ, श्रीमानसहित ५ जना अझै फरार
दोश्रो पटक छोरी जन्माएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा ससुरा पक्राउ, श्रीमानसहित ५ जना अझै फरार
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
आजदेखी दुई शिफ्टमा कार्यालय संचालन 
आजदेखी दुई शिफ्टमा कार्यालय संचालन 
जेसीज सप्ताहमा बिरामीलाई फलफुल बितरण
जेसीज सप्ताहमा बिरामीलाई फलफुल बितरण
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
माग सम्बोधन नभएको भन्दै मजदुर संघ आन्दोलित
माग सम्बोधन नभएको भन्दै मजदुर संघ आन्दोलित
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन
राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन
बढ्यो चिसो, जनजीवन प्रभावित
बढ्यो चिसो, जनजीवन प्रभावित
श्रोत नखुलेको रकमसहित दुई युवती पक्राउ
श्रोत नखुलेको रकमसहित दुई युवती पक्राउ