रास्वपाका सुरुङ्गा नगर सभापति पक्राउ

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, आश्विन २८, २०८३
|
|
१८ पटक हेरिएको
Shares
रास्वपाका सुरुङ्गा नगर सभापति पक्राउ

सारांश

  • इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका ४ कदमाहा बजारस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।
  • प्रहरीका अनुसार २०८१ मंसिर २९ गते धनगढीमाई नगरपालिका १० जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनापछि कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो ।
  • पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.
दैनिक समाचारदाता
राजविराज, २८ असोज । 
राष्ट्रिय स्वतन्त्र पार्टीका सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन लागूऔषध मुद्दामा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका ४ कदमाहा बजारस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार २०८१ मंसिर २९ गते धनगढीमाई नगरपालिका १० जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनापछि कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट राजमार्ग पार गर्दै गरेको बा.८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो । दुर्घटनापछि कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले कार, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको थियो भने कारका चालक फरार भएका थिए । सोही घटनासम्बन्धी लागूऔषध मुद्दामा हुसेन पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले लागूऔषध मुद्दामा फरार रहेका हुसेन पक्राउ परेको पुष्टि गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय भारोत्तोलनमा पदक जित्ने कान्छी खेलाडी सम्मानित 
राष्ट्रिय भारोत्तोलनमा पदक जित्ने कान्छी खेलाडी सम्मानित 
सात लाख १० हजार  नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट
सात लाख १० हजार  नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट
१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए
१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
अपहरण पछि हत्या गरिएको घटनाका  अभियुक्त ११ वर्ष पछि पक्राउ
अपहरण पछि हत्या गरिएको घटनाका अभियुक्त ११ वर्ष पछि पक्राउ
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा  केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा  केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
पाँच दिने आईसीटी तालिम सम्पन्न
पाँच दिने आईसीटी तालिम सम्पन्न
कोरोना महामारीका कारण रोकिएको छोरी शिक्षा बिमा पुनः शुरु 
कोरोना महामारीका कारण रोकिएको छोरी शिक्षा बिमा पुनः शुरु