दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक ।
हुंकार मधेश अभियानका क्रममा मंगलबार सप्तरीमा जिल्ला अभियन्ता समूह गठन गरिएको छ ।
हुंकार मधेशको राजविराजमा सम्पन्न जिल्ला भेलाले शैशव राजु सहजकर्ता रहने गरि ३४ सदस्यीय जिल्ला अभियन्ता समूह गठन गरिएको हो ।
आयोजित जिल्ला भेलामा केन्द्रीय प्रवक्ता केशव कुमार झा र आर्थिक विभाग प्रमुख सचिदानन्द झाको विशेष उपस्थिति कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा चन्द्रानन्द ज्योतिष, बैजु स्वामी, भोगेन्द्र मण्डल, ललन शंकर, डा. विशेष यादव, प्रदिप शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गत असोज ९ गते घोषणा भएको हुंकार मधेशले यस अघि केन्द्रमा सहजकर्ता, प्रवक्ता र २१ जना विभागीय प्रमुखहरु घोषणा गरिसकेको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया