छठ पूजाका लागि ५१ विपन्न परिवारलाई साडीसहित पूजा सामग्री वितरण

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, कार्तिक २८, २०८३
|
|
३८४ पटक हेरिएको
Shares
छठ पूजाका लागि ५१ विपन्न परिवारलाई साडीसहित पूजा सामग्री वितरण

सारांश

  • तराई मधेश महिला फाउन्डेशन नेपाल राजविराज सप्तरीले राजविराज नगरपालिका वडा नं.
  • ६ स्थित पुर्नी पोखरी टोलका विपन्न परिवारलाई ती सामग्रिहरु बितरण गरेको हो ।
  • संस्थाकी अध्यक्ष सुनिता कुमारी साहले स्थानीय ५१ जना विपन्न परिवारलाई छठ पूजाका लागि साडी, नरिवल, सिंगारका सामग्री लगायतका पूजा सामग्री वितरण गरेकी हुन् ।

दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
छठ पर्व मनाउनका लागि विपन्न परिवारलाई एक सामाजिक संस्थाले साडीसहित विभिन्न पूजाका सामाग्रिहरु बितरण गरेको छ ।
तराई मधेश महिला फाउन्डेशन नेपाल राजविराज सप्तरीले राजविराज नगरपालिका वडा नं. ६ स्थित पुर्नी पोखरी टोलका विपन्न परिवारलाई ती सामग्रिहरु बितरण गरेको हो ।
संस्थाकी अध्यक्ष सुनिता कुमारी साहले स्थानीय ५१ जना विपन्न परिवारलाई छठ पूजाका लागि साडी, नरिवल, सिंगारका सामग्री लगायतका पूजा सामग्री वितरण गरेकी हुन् ।
साडी, नरिवल, सिँगारका सामग्री लगायतका आवश्यक पूजा सामग्री पाएपछि स्थानीय विपन्न परिवारले खुसी व्यक्त गरे ।
अध्यक्ष साहले हरेक वर्ष यसरी नै विपन्न परिवारका लागि सामाग्रि बितरण गर्दै आइरहेकी छिन् । उनले आर्थिक अवस्था कमजोर भएका परिवारलाई छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको सुनाइन् । आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?