आपराधिक घटना न्युनिकरण तथा  रोकथामका लागी प्रहरीले विद्यार्थी पढाउदै 

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
२३ पटक हेरिएको
Shares
आपराधिक घटना न्युनिकरण तथा  रोकथामका लागी प्रहरीले विद्यार्थी पढाउदै 

सारांश

  •     राजविराजस्थित प्राईम होलीक्रस एकेडेमीमा अध्यनरत विद्यार्थीहरुलाई कानून, नैतिकता, सामाजिक जिम्मेवारी र कर्तव्य बारे कक्षा संचालन गर्दै प्रहरीले विद्यालय सम्पर्क अभियानलाई तिब्रता दिएको छ ।
  •       चाडपर्वका बेला विद्यालय विदा रहेकाले रोकिएको सो अभियानलाई अहिले व्यापकता प्रदान गरिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।
  • यो अभियान जिल्ला भरका विद्यालयलाई लक्षित गरी संचालनमा ल्याइएको तथा पालैपालो सवै विद्यालयमा पुग्ने उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक । 
    सप्तरी प्रहरीले विद्यार्थी लक्षित विद्यालय सम्पर्क कार्यक्रमलाई बुधबारदेखि तिब्रता दिएको छ । विद्यलय अवधीदेखी नै कानून, नैतिकता, सामाजिक जिम्मेवारी र कर्तव्य सिकाउने उदेश्यले प्रहरीले सो कार्य सुरु गरेको हो । 
    राजविराजस्थित प्राईम होलीक्रस एकेडेमीमा अध्यनरत विद्यार्थीहरुलाई कानून, नैतिकता, सामाजिक जिम्मेवारी र कर्तव्य बारे कक्षा संचालन गर्दै प्रहरीले विद्यालय सम्पर्क अभियानलाई तिब्रता दिएको छ । 
    चाडपर्वका बेला विद्यालय विदा रहेकाले रोकिएको सो अभियानलाई अहिले व्यापकता प्रदान गरिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए । यो अभियान जिल्ला भरका विद्यालयलाई लक्षित गरी संचालनमा ल्याइएको तथा पालैपालो सवै विद्यालयमा पुग्ने उनको भनाई छ । 
    अहिले लागू औषध दुरुपयोग, साईबर अपराध, बालबालिका र महिलामाथि बढी हिंसात्मक घटना हुने गरेको पाईएकोले त्यसको रोकथाम गर्न प्रहरीले विद्यालय र विद्यार्थीलाई रोजेको उनको भनाई छ । 
    बालबालिकामा प्रहरीप्रतिको डरको सट्टा मायाँ र सदभाव कायम राख्दै जिल्लामा शान्ति सुरक्षा मजबुद बनाउन प्रहरी कटिबद्घ रहेको उनको भनाई छ । सचेतना कार्यक्रममा प्रहरी निरिक्षक प्रकाश बस्नेतले सहभागी विद्यार्थीहरुलाई अपराध, कानूनी व्यवस्था, प्रहरीको भुमिका, सामाजिक कर्तव्य र जिम्मेवारी बारे सहजीकरणको भूमिका निर्वाह गरेका छन् । 
    अभियानको सुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी सुनिल खनालले प्रहरीले जिल्लामा चलाएको विद्यालय स्तरीय सचेतना अभियानले अपराध न्युनिकरण र रोकथाममा ठुलो मदत पुग्ने विश्वास व्यक्त गरे । 
    उनले प्रहरीद्वारा चलाईएको सचेतना कक्षा संचालनमा प्राप्त ज्ञानलाई विद्यार्थीहरुले व्यवहारमा उतार्नुपर्नेमा समेत जोड दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, प्रदेशसभा २ को १ र २ बाट महेश र सतिश फराकिलो अन्तरले बिजयी
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, प्रदेशसभा २ को १ र २ बाट महेश र सतिश फराकिलो अन्तरले बिजयी
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
सप्तरीमा कुपोषित बालबालिकाको संख्यामा कमि आउन सकेन 
सप्तरीमा कुपोषित बालबालिकाको संख्यामा कमि आउन सकेन 
पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
राजगढमा सभागृह बन्दै
राजगढमा सभागृह बन्दै
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
जनतासँग सम्बन्ध अझ प्रगाढ बनाउँदै सेना 
तिलाठीमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सुरु
तिलाठीमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सुरु