जनताले अझै संघीयताको अनुभूती गर्न पाएका छैनन् ः मन्त्री साह

राजविराज राजविराज
|
आइतबार, मंसिर २२, २०७६
|
|
३० पटक हेरिएको
Shares
जनताले अझै संघीयताको अनुभूती गर्न पाएका छैनन् ः मन्त्री साह

सारांश

  •     प्रदेश सरकारले कृषि क्षेत्रलाई लक्षित गरी विभिन्न योजनाहरु ल्याउन लागेको जानकारी दिँदै उनले “खेतखेतमा पानी, घरघरमा रोजगारी” भन्ने अभियानलाई मूर्त रुप दिई कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन अगाडि बढेको उल्लेख गरे ।
  •     सिंचाईका लागि कोशी कमला मरिन सिंचाई डाइभर्सन निर्माण प्रक्रिया अगाडि बढेको, बाह्रै महिना पानी रहने नदीहरुबाट सिंचाईको व्यवस्था गरिने, डिप बोरिङ्ग, स्यालो ट्युवेल, कुलो, पैनी निर्माण कार्यलाई अगाडि बढाईएको समेत उनले जानकारी दिए ।
  •       वर्तमान राजनीतिक परिवेशमा वैकल्पिक शक्तिको रुपमा समाजवादी पार्टी स्थापित भईरहेको उनले दाबी समेत गरे ।

    राजविराज÷प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले देशमा संघीयता आएपनि जनताले अझै संघीयताको अनुभूती गर्न नपाएको बताएका छन् । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित लोखरममा शनिवार आयोजित कार्यकर्ता भेंटघाट एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले देशमा संघीयता आयो तर, त्यसको अधिकार संघमै निहित रहेकोले सोका लागि अझ संघर्ष गर्नु पर्ने उल्लेख गरे । 
    मन्त्री साहले प्रदेश सरकार नीति निर्माणको कामलाई प्राथमिकताका साथ अगाडी बढाइसकेकोले प्रदेश सरकारले चाँडै प्रदेश प्रहरी भर्ना तथा लोकसेवा आयोगलाई पूर्णता दिई कर्मचारी भर्ना आह्वान गरिने जानकारी दिए । उनले प्रहरी र लोकसेवामा पचास प्रतिशत महिलाको सुनिश्चितता समेत गरिएको बताए ।
    प्रदेश सरकारले कृषि क्षेत्रलाई लक्षित गरी विभिन्न योजनाहरु ल्याउन लागेको जानकारी दिँदै उनले “खेतखेतमा पानी, घरघरमा रोजगारी” भन्ने अभियानलाई मूर्त रुप दिई कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन अगाडि बढेको उल्लेख गरे ।
    सिंचाईका लागि कोशी कमला मरिन सिंचाई डाइभर्सन निर्माण प्रक्रिया अगाडि बढेको, बाह्रै महिना पानी रहने नदीहरुबाट सिंचाईको व्यवस्था गरिने, डिप बोरिङ्ग, स्यालो ट्युवेल, कुलो, पैनी निर्माण कार्यलाई अगाडि बढाईएको समेत उनले जानकारी दिए । 
    वर्तमान राजनीतिक परिवेशमा वैकल्पिक शक्तिको रुपमा समाजवादी पार्टी स्थापित भईरहेको उनले दाबी समेत गरे । अबको संघर्षपूर्ण अधिकार सम्पन्न संघीयता र संविधान संशोधनकालागि समाजवादी पार्टी अगाडी बढ्ने उनले जिकिर गरे । 
    समाजवादी पार्टीका प्रदेश २ का मुख्य सचिव शम्भु झाले देशैभरि समाजवादी पार्टीप्रति जनलहर बढ्दै गएकोले देशकै ठूलो पार्टीको रुपमा स्थापित हुन लागेको बताए । 
    पार्टीका महेश प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु चित्तनारायण यादव, विनोद कुमार चौधरी, अशोक कुमार यादव, भीमराज यादव, मधेश प्रदेश समितिका सदस्य युसुफ अली, पार्टीका सप्तरी जिल्ला ईञ्चार्ज सत्यनारायण यादव, विद्यार्थी नेता तारकेश्वर यादव, स्थानीय नेताहरु जवाहर यादव, सुरेन्द्र यादव, राधेश्याम यादव, उमेश साह, मिश्रीलाल साह, वदिलाल दास, प्रमोद यादव, जिवछ मण्डल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
    सोही कार्यक्रममा छिन्नमस्ता गाउँपालिका स्थानीय विनोदानन्द ठाकुरको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा, राष्ट्रिय जनता पार्टी लगायतका ५१ जना पार्टी परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
    नव प्रवेशीहरुलाई भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह र समाजवादी पार्टीका मधेश प्रदेशका मुख्य सचिव शम्भु झाले फूलको माला र टिका लगाएर स्वागत गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
प्रदेश सरकारद्वारा तीन दलित  विद्यार्थीलाई आर्थिक सहयोग प्रदान
प्रदेश सरकारद्वारा तीन दलित  विद्यार्थीलाई आर्थिक सहयोग प्रदान
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
भारी वर्षाले राम टोल र राजपुत टोलका २५ घर डुवानमा 
भारी वर्षाले राम टोल र राजपुत टोलका २५ घर डुवानमा 
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण
सिटीबाट लडेर एक नाबालकसहित सवारी दुर्घटनामा ६ जना घाइते 
सिटीबाट लडेर एक नाबालकसहित सवारी दुर्घटनामा ६ जना घाइते 
राम मन्दिर फैसला पछि यस पाली  जनकपुर, विवाह पञ्चमी ऐतिहासिक हुने
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
डोम र अनाथ  बालबालिकालाई न्यानो कपडा
डोम र अनाथ  बालबालिकालाई न्यानो कपडा

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह