वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन

राजविराज राजविराज
|
शनिबार, मंसिर २८, २०७६
|
|
८७ पटक हेरिएको
Shares
वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन

सारांश

  •     सुक्ष्म अनुसन्धानै नगरी झुठो मुद्दा लगाई प्रहरीले वडाध्यक्ष साहलाई पक्राउ गरेको भन्दै काँग्रेसले सो विरोध प्रदर्शन गरेको हो ।
  •       नियोजित तरिकाले वडाध्यक्ष साहलाई फसाइएको भन्दै काँग्रेसले झुठा मुद्दा खारेजगरी अबिलम्ब रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ ।
  •       स्थानिय ३५ बर्षिया एक महिलाले आफुलाई गाउँकै कुखुरा फर्मममा १० दिन अघि वडाध्यक्ष साहले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागी बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 
    नेपाली काँग्रेस सप्तरीले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका शम्भुनाथ नगरपालिका वडा १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाईको माग गर्दै शुक्रबार राजविराजमा विरोध प्रदर्शन गरेको छ । 
    सुक्ष्म अनुसन्धानै नगरी झुठो मुद्दा लगाई प्रहरीले वडाध्यक्ष साहलाई पक्राउ गरेको भन्दै काँग्रेसले सो विरोध प्रदर्शन गरेको हो । 
    नियोजित तरिकाले वडाध्यक्ष साहलाई फसाइएको भन्दै काँग्रेसले झुठा मुद्दा खारेजगरी अबिलम्ब रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ । 
    स्थानिय ३५ बर्षिया एक महिलाले आफुलाई गाउँकै कुखुरा फर्मममा १० दिन अघि वडाध्यक्ष साहले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागी बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । 
    महिलाहरु समेत सहभागितामा स्थानिय राजरंगशालाबाट निस्केको बिरोध जुलुस प्रहरी प्रशासन विरुद्घ चर्को नारावाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । 
    बजार परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ज्ञापन पत्र समेत बुझाईएको छ ।
    ज्ञापनपत्रमा निर्दोष वडाध्यक्षलाई झुठो उजुरीको आधारमा सत्यतथ्य छानविन नै नगरी मुद्दा दर्ता गरिएकोमा कडा आपत्ती जनाउँदै घटनाको उच्चस्तरिय छानविन हुनुपर्ने माग गरिएको छ । 
    यता नेपाली काँग्रेसका सभापति दिनेश कुमार यादवले स्थानिय केही व्यक्तिले षडयन्त्र गरी वडाध्यक्ष साहलाई फसाउन खोजेको दावी गर्दै झुठा मुद्दा खारेजी नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनप्रतिनिधि र प्रशासनिक टोलीद्वारा कटान प्रभावित क्षेत्रको निरिक्षण
जनप्रतिनिधि र प्रशासनिक टोलीद्वारा कटान प्रभावित क्षेत्रको निरिक्षण
खाडोको बाढीमा वेपत्ता भएका मियाँको शव फेला
बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटिए
बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटिए
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन
जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन
स्व. सिंहको स्मृति दिवस मनाइयो  
स्व. सिंहको स्मृति दिवस मनाइयो  
निजि खर्चमा विपन्न वस्तीमा ट्युवेल जडान
निजि खर्चमा विपन्न वस्तीमा ट्युवेल जडान
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा