स्व. शरणको अन्त्येष्टि क्याम्पस परिवारद्वारा श्रद्धाञ्जली

राजविराज राजविराज
|
बुधबार, पौष २, २०७६
|
|
२० पटक हेरिएको
Shares
स्व. शरणको अन्त्येष्टि क्याम्पस परिवारद्वारा श्रद्धाञ्जली

सारांश

  •     लामो समयदेखी अस्वस्थ्य रहदै आएका अर्थशास्त्र विषयका सहप्राध्यापक शरणको ८१ वर्षको उमेरमा सोमबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो ।
  •       राजविराज ७ स्थित डेराबाट निकालिएको शवयात्रा मविव क्याम्पसको प्राङ्गणमा पुगि श्रद्धाञ्जली सभामा परिणत भएको थियो ।
  • सो अवसरमा क्याम्पस प्रमुख डा.

दैनिक समाचारदाता
राजविराज, १ पुस । 
    महेन्द्र बिन्देश्वरी क्याम्पसका अवकास प्राप्त सहप्राध्यापक त्रिपुरारी शरणको मंगलबार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीर भारतको सिमरिया घाट लगि अनत्येष्टि गरिएको छ । 
    लामो समयदेखी अस्वस्थ्य रहदै आएका अर्थशास्त्र विषयका सहप्राध्यापक शरणको ८१ वर्षको उमेरमा सोमबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । 
    राजविराज ७ स्थित डेराबाट निकालिएको शवयात्रा मविव क्याम्पसको प्राङ्गणमा पुगि श्रद्धाञ्जली सभामा परिणत भएको थियो । सो अवसरमा क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्रसहित शिक्षक, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा शुभेच्छुकहरुले स्व. शरणको पार्थिव शरीरमा क्याम्पसको ब्यानर ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् । 
    सो श्रद्धाञ्जली सभामा क्याम्पस प्रमुख मिश्रले स्व. शरण आफूहरुको मार्गदर्शक रहेको बताउँदै उहाँको अवशानले आफूहरुले एक कुशल अभिभावक गुमाएको बताए । 
    यस्तै सोही सभामा राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले स्व. शरणले अनवरत रुपमा क्याम्पसलाई दिएको करिब ४३ वर्षको कदर हुनुपर्नेमा जोड दिँदै उहाँ एक मृदुभाषि तथा मिलनसार प्राध्यापक रहेको चर्चा गरे । सो अवसरमा नगरपालिकाका उपप्रमुख साधना झाले समेत श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । 
    क्याम्पस प्रशासनले स्व. शरणको सम्झनामा शोक पुस्तिका समेत राखेको बताइएको छ । 
    झण्डै ४३ वर्ष शिक्षण पेशामा रहेका सहप्राध्यापक शरण क्याम्पसमा कार्यरत रहँदा र त्यसपश्चात् पनि विद्यार्थी तथा अभिभावकहरुको बीच लोकप्रिय रहेका थिए । उनी आफ्नो विषयका अतिरिक्त अन्य विषयमा समेत चाख राख्ने र बेलाबखत अन्य विषयहरुमा छलफल र सरसल्लाह गरि राख्ने बानी रहेको थियो ।
    उनले क्याम्पसमा सन् १९६० सेप्टेम्बर १३ देखि प्राध्यापन शुरु गरि २०५९ पौष ५ गते तद्अनुसार २० डिसेम्बर २००२ मा उमेरका हदले अवकाश प्राप्त गरेका थिए । 
    उनी सधै अध्ययनशिल रहिरहे पनि जिवनको अन्तिम क्षणमा समेत उनी पत्रपत्रिका र पुस्तक मोहबाट समेत टाढा रहन सकेनन् । भारतीय नागरिक रहेका सहप्राध्यापक शरण आफ्नो सम्पूर्ण अविवाहित जिवन राजविराज ७ स्थित डेराकै घरमा व्यतित गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
राष्ट्रवादको नाउँमा नेपाल र भारतको सम्बन्धमा तितो पार्ने पाखण्डीहरु 
राष्ट्रवादको नाउँमा नेपाल र भारतको सम्बन्धमा तितो पार्ने पाखण्डीहरु 
दुर्घटनामा घाइते भएका बिजुलीको उपचारका क्रममा मृत्यु
दुर्घटनामा घाइते भएका बिजुलीको उपचारका क्रममा मृत्यु
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
अग्निपीडितलाई गाउँपालिकाको राहत 
अग्निपीडितलाई गाउँपालिकाको राहत 
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
सामुदायिक बिधालयहरूको शिक्षण विधि  प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड
सामुदायिक बिधालयहरूको शिक्षण विधि  प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
समयमा चिकित्सक नआएको भन्दै अस्पतालमा तोडफोड
समयमा चिकित्सक नआएको भन्दै अस्पतालमा तोडफोड
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध