दुर्घटनामा दुई जनाको मृत्यु 

राजविराज राजविराज
|
बुधबार, पौष ९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
दुर्घटनामा दुई जनाको मृत्यु 

सारांश

  •     मंगलबार राती १० बजेतिर तिब्र गतिमा गुडिरहेका स.
  • १०प.
  • ८२५ नम्बरको मोटरसाइकल र ज.

दैनिक समाचारदाता
राजविराज, ९ पुस । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका खण्डस्थित बिरेन्द्र बजार नजिकै जिप र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको ज्यान गएको छ । 
    मंगलबार राती १० बजेतिर तिब्र गतिमा गुडिरहेका स.१०प. ८२५ नम्बरको मोटरसाइकल र ज.१च. १३८१ नम्बरको जिप एक आपसमा ठोकिदा दुई जनाको ज्यान गएको हो । 
    मृत्यु हुनेहरुमा सप्तरीको महदेवा गाउँपालिका ६ का २२ वर्षिय मोटरसाइकल चालक राकेश यादव र पछिल्लो सीटमा सवार सोही वडाका ३२ वर्षिय प्रभास यादव छन् । 
    दुबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए । 
    जीप चालक उदयपुरको कटारी नगरपालिका १ बस्ने ललित माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका बेला तिब्र गतिमा गाडी चलाउँदा अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीको अनुमान छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?