सुँगुर मार्नेलाई  पाँच सय पुरस्कार

राजविराज राजविराज
|
बिहिबार, पौष १०, २०७६
|
|
५० पटक हेरिएको
Shares
सुँगुर मार्नेलाई  पाँच सय पुरस्कार

सारांश

  •     छाडा पशु चौपाया नियन्त्रण अभियान अन्तर्गत छाडा सुँगुर मारेर बुझाउने व्यक्तिलाई प्रति सुँगुरको ५ सय रुपैयाका दरले पुरस्कार दिने नगरपालिकाले घोषणा गरेको छ ।
  •       छाडिएका पशु चौपायाले दुःख दिन थालेपछि राजविराज नगरपालिकाले त्यसलाई नियन्त्रण गर्न र प्रभावकारी बनाउन अभियान सुरु गरेको हो ।
  •       पुरस्कार रकम घोषणा गरिएपछि उत्साहित केही बेरोजगार युवाले कार्यक्रम सुरु भएको तीन दिन नबित्दै आधा दर्जन बढी छाडा सुँगुर मारेर पुरस्कार रकम हात पारेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १० पुस ।
    राजविराजस्थित सडकमा देखिने छाडा सँुगरलाई मार्ने व्यक्तिलाई राजविराज नगरपालिकाले पाँच सय पुरस्कार घोषणा गरेको छ । 
    छाडा पशु चौपाया नियन्त्रण अभियान अन्तर्गत छाडा सुँगुर मारेर बुझाउने व्यक्तिलाई प्रति सुँगुरको ५ सय रुपैयाका दरले पुरस्कार दिने नगरपालिकाले घोषणा गरेको छ । 
    छाडिएका पशु चौपायाले दुःख दिन थालेपछि राजविराज नगरपालिकाले त्यसलाई नियन्त्रण गर्न र प्रभावकारी बनाउन अभियान सुरु गरेको हो । 
    पुरस्कार रकम घोषणा गरिएपछि उत्साहित केही बेरोजगार युवाले कार्यक्रम सुरु भएको तीन दिन नबित्दै आधा दर्जन बढी छाडा सुँगुर मारेर पुरस्कार रकम हात पारेका छन् । 
    विहिबार सम्ममा ८ वटा छाडा सुँगुर मारेर स्थानिय केही युवाले बुझाई सकेको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन अभियानका ईन्चार्ज उमेश प्रसाद यादवले जानकारी दिएका छन् । 
    अभियानकै क्रममा नगरको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण कार्य पनि प्रभावकारी र कडाई बनाईएको छ । सडकबाट नियन्त्रणमा लिईएको गाई, साढे आदि चौपायालाई अब कसैको पनि सिफारिसमा नछोडिने नगरप्रमुख शम्भु प्रसाद यादवले बताए । 
    यसरी नियन्त्रणमा लिईएका चौपाया सिफारिसमा छोड्दा चौपाया धनीले चौपाया पुनः सडकमा छाडने प्रवृति दोहोरिने गरेकाले अब नियन्त्रणमा लिइ सकेपछि लिलामी सम्मको प्रकृया अघि बढाउने निर्णय गरी सकेको उनको भनाई छ । 
    सडकबाट नियन्त्रणमा लिई नगरपालिकाको कान्जि हाउसमा त्यस्ता छाडा पशु चौपाया राखिने गरिएको छ । ८ दिन सम्म १ हजारमा पुग्ने तथा सो अवधिमा पनि लिन नआए लिलामी प्रकृयामा लैजाने नियम बनाईएको नगरप्रमुख यादवले बताए ।     

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु