कर्मचारी भर्ना सम्बन्धी ऐन २०७५ बहुमतले पारित

राजविराज राजविराज
|
सोमबार, मंसिर १०, २०७५
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  •     प्रदेश सरकारले ल्याएको कर्मचारी भर्ना सम्बन्धी ऐनप्रति प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीको अहसमति रह्यो भने अर्का प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन गरेको हो ।
  • यसअघि पनि प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउँदा नेकपाले विरोध जनाएको थियो ।
  •     यसैगरी, प्रदेशसभाको बैठकले भौतिक योजना तथा विकास मन्त्रालयअन्तर्गत प्रादेशिक विद्युतसम्बन्धी ऐन २०७५ पनि पारित गरेको हो ।

दैनिक समाचारदाता
जनकपुर, १० मंसिर ।
    प्रदेश २ को सरकारको सोमबार बसेको प्रदेशसभा बैठकले ‘प्रदेश नं. २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी ऐन २०७५’ बहुमतले पारित गरेको छ । 
    प्रदेश सरकारले ल्याएको कर्मचारी भर्ना सम्बन्धी ऐनप्रति प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीको अहसमति रह्यो भने अर्का प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन गरेको हो । यसअघि पनि प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउँदा नेकपाले विरोध जनाएको थियो ।
    यसैगरी, प्रदेशसभाको बैठकले भौतिक योजना तथा विकास मन्त्रालयअन्तर्गत प्रादेशिक विद्युतसम्बन्धी ऐन २०७५ पनि पारित गरेको हो । प्रदेशसभामा निर्णायार्थ पेश गरिएको विधेयकको विपक्षमा नेकपा उभिए पनि नेपाली काँग्रेस विधेयक प्रति समर्थन जनाएको छ ।
    यस अघि विधेयकमाथि उठेको प्रश्नको जवाफ दिदै मुख्यमन्त्री लालबाबु राउतले करार सम्बन्धि विधेयक रहर नभएर बाध्यता रहेको बताए ।
    कर्मचारी अभावमा आर्थिक वर्षको प्रथम चौमासिक बितिसक्दा पनि बजेट खर्च हुन नसकेको जिकिर उनले अगामी दिनमा हुन सक्ने थप संकटलाई टार्न विधेयक ल्याउनु परेको जवाव दिएका हुन् ।
    संघीयता प्रति अपनत्व भएका युवाहरु प्रशासनमा नआए सम्म संघीयता कार्यान्वयन नहुने उल्लेख गर्दै उनले प्रदेश सरकारले गर्ने युवाहरुकोभर्ना संघीयतालाई बलियो बनाउन थप मदत पुग्ने विश्वास व्यक्त गरे ।
    यो एने पारित भएपछि अब प्रदेश सरकारले आफ्नो कर्मचारी भर्ना गर्ने भएको छ । केन्द्रबाट कर्मचारी नपठाएको भन्दै बेलाबेलामा गुनासो पोख्दै आएको प्रदेश २ को सरकारले अन्ततः आफ्नै कर्मचारी भर्ना गरेर काम गर्ने भएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु