राजविराज÷प्रदेश २ का भुमी, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेशको बिकासका लागि कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने बताएका छन् ।
जनज्योती कृषि सहकारी संस्था लिमिटेड मलेठको ८ औ साधारण सभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताउँदै सहकारीले अन्य कार्यसँगै कृषितर्फ समेत लगानी लगाउनुपर्नेमा जोड दिए ।
कृषि तथा आन्तरिक पर्यटनको प्रबद्र्धनको बिकास भएमात्र प्रदेशको बिकास सम्भव रहेको भन्दै मन्त्री साहले चाडै नै मुख्यमन्त्री कृषि, उत्थान कार्यक्रम ल्याउने योजना रहेको जिकिर गरे ।
प्रदेश सरकारले १ कठ्ठादेखि १० कठ्ठा सम्म जग्गा रहेका किसानलाई १० हजार रूपैया मल, खादका लागि सहुलियत दिने योजना रहेको भन्दै आप प्रसोधन केन्द्र पनि यसै बर्ष स्थापन हुने उल्लेख गरे ।
साधारण सभालाई सम्बोधन गर्ने क्रममा मन्त्री साहले प्रदेश सरकारले तीन वटा अरगेनिक मलको कारखाना स्थापना गर्ने तयारी गरिरहेकोमा त्यसमध्ये सप्तरीमा पनि एउटा अरगेनिक मल कारखाना स्थापना हुने स्पष्ट पारे ।
जनज्योती कृषि सहकारी संस्था लिमिटेड राजबिराज ९ मलेठका अध्यक्ष बिश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाई, प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदन कुमार थापा, वडा नं. का अध्यक्ष शम्भु प्रसाद यादव लगायत वक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
यसअघि संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै आ.ब. २०७५÷७६ मा ३ करोड ३१ लाख ७ हजार ११ रुँपैया निक्षेप (बचत) संकलन भएको जानकारी दिए । त्यस्तै संस्थाले ९ करोड २१ लाख ५ हजार ९ सय १७ रुँपैया कर्जा लगानी गरेको र २३ लाख ७५ हजार २ सय ९२ रुँपैया नाफा भएको प्रतिवेदनमा उल्लेख छ ।
यता शनिबारै उद्घाटन सत्र पश्चात् सम्पन्न बन्द सत्रबाट पुनः विश्वनाथ मण्डलकै नेतृत्वमा चार वर्षका लागि ७ सदस्यीय कार्य समिति चयन गरिएको छ भने बलराम यादवको नेतृत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरिएको जनाइएको छ ।
कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने ः मन्त्री साह
सारांश
- प्रदेश सरकारले १ कठ्ठादेखि १० कठ्ठा सम्म जग्गा रहेका किसानलाई १० हजार रूपैया मल, खादका लागि सहुलियत दिने योजना रहेको भन्दै आप प्रसोधन केन्द्र पनि यसै बर्ष स्थापन हुने उल्लेख गरे ।
- साधारण सभालाई सम्बोधन गर्ने क्रममा मन्त्री साहले प्रदेश सरकारले तीन वटा अरगेनिक मलको कारखाना स्थापना गर्ने तयारी गरिरहेकोमा त्यसमध्ये सप्तरीमा पनि एउटा अरगेनिक मल कारखाना स्थापना हुने स्पष्ट पारे ।
- जनज्योती कृषि सहकारी संस्था लिमिटेड राजबिराज ९ मलेठका अध्यक्ष बिश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाई, प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदन कुमार थापा, वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया