दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
हुलाकी राजमार्ग अन्तरगत सप्तरीको राजगढ गाउँपालिकास्थित निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको विषयमा आइतबार सो सडकखण्ड स्थानियवासीले अवरोध गरेका छन् ।
राजगढ गाउँपालिका वडा नं. ५ मलेकपुर टोलदेखि पूर्व नहर नजिक निर्माणाधिन पुलमा बिहिवार राती मोटरसाईकल ठोकिदा घाइते दुई जना मध्ये वडा नं. ४ बेल्ही चपेना निवासी २५ बर्षिय महेश कुमार मण्डलको मृत्यु भएको हो ।
दुर्घटना पश्चात् गम्भिर घाइते भएका मण्डलकको उपचारका क्रममा बिराटनगरस्थित नोभेल अस्पताल शनिबार राती मृत्यु भएको स्थानियवासीले जनाएका छन् ।
पुल निर्माणमा सम्बन्धित ठेकेदारले लापरवाही गरेको भन्दै क्षतिपूर्ति उपलब्ध गराउन माँग गर्दै स्थानियवासीले सडक अवरुद्ध गर्नुका साथै प्रदर्शन गरेका छन् ।
यता सो दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति रोशन मण्डलको खुट्टा भाचिएको जनाइएको छ ।
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
सारांश
- राजगढ गाउँपालिका वडा नं.
- ५ मलेकपुर टोलदेखि पूर्व नहर नजिक निर्माणाधिन पुलमा बिहिवार राती मोटरसाईकल ठोकिदा घाइते दुई जना मध्ये वडा नं.
- ४ बेल्ही चपेना निवासी २५ बर्षिय महेश कुमार मण्डलको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया