घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो

राजविराज राजविराज
|
मंगलबार, चैत्र १८, २०७६
|
|
४४ पटक हेरिएको
Shares
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो

सारांश

  •     सूर्यको पूजा गरिने यस पर्वमा ब्रतालुहरुले घर आंगनमा तथा घरको छतमाथी अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
  • यस्तै सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।
  •       ब्रतालुहरुले यस पटकको चैती छठ पर्वको अवसरमा कुनै भिडभाड नगरि आफ्नै घरमा जलाशय निर्माण गरि सूर्यलाई अर्घ दिएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, १८ चैत । 
    सम्भावित कोरोना भाइरसको संक्रमणलाईं ध्यानमा राख्दै मंगलबार ब्रतालुहरुले घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिदै चैती छठ पर्व सम्पन्न गरेका छन ।

    सूर्यको पूजा गरिने यस पर्वमा ब्रतालुहरुले घर आंगनमा तथा घरको छतमाथी अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् । यस्तै सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।  
    ब्रतालुहरुले यस पटकको चैती छठ पर्वको अवसरमा कुनै भिडभाड नगरि आफ्नै घरमा जलाशय निर्माण गरि सूर्यलाई अर्घ दिएका हुन् । 

    तराई मधेशमा कात्र्तिक र चैत महिनामा छठ पर्व मनाइन्छ । कात्र्तिकको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्षयता चैती छठ पर्व मान्नेको संख्या पनि बढ्दो छ । यस पर्वमा विशेष गरि राजविराजस्थित भगवती पोखरी, कल्टु पोखरी र तुरन्ती पोखरीमा चैती छठ पर्वमा ब्रतालु र दर्शानार्थीको भिड लाग्ने गरेको थियो । तर यस पल्ट ती सबै जलाशय सुनसान देखिए ।

     पारिवारि सुख, शान्ति, कलयाण्, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पुरा हुने विश्वासका साथ तराई मधेशमा श्रद्धापूर्वक मनाइने सूर्य पूजाको यो पर्व यसपल्ट कोरोना भाइरसको त्रासका कारण निरस भएपनि कोरोना भाइरसमाथी बिजयी प्राप्त गर्दै अर्को वर्ष उत्साहका साथ मनाउने अधिकांश ब्रतालुहरुको भनाई थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धार्मिक कार्यक्रम स्थल तथा भवन  निर्माणका लागि सहयोग जुटाउन महायज्ञ
धार्मिक कार्यक्रम स्थल तथा भवन  निर्माणका लागि सहयोग जुटाउन महायज्ञ
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
दुई लाख २६ हजार छात्रबृत्ति प्रदान
दुई लाख २६ हजार छात्रबृत्ति प्रदान
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी
स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन