मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण

राजविराज राजविराज
|
शुक्रबार, चैत्र २१, २०७६
|
|
४५ पटक हेरिएको
Shares
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण

सारांश

  •     राजविराज ९ मलेठ निवासी जवाहर यादव उनका भाई हिरालाल यादव, निमत्री यादव र ननु यादवले चार सय मजदुर तथा विपन्न परिवारलाई ३ लाख ५० हजार मुल्य बराबरको खाद्यान्न तथा अन्य सामाग्रि बितरण गरेका हुन् ।
  •       बेरोजगार मजदुर तथा विपन्न परिवार, आर्थिक अवस्था निकै कमजोर भएकालाई हातमुख जोर्ने समस्या नहोस् भन्ने उद्देश्यले अपाङ्ग, दलित, असाहय, बृद्धबृद्धा, एकल महिलालगायत विपन्न समुदायका ४ सय परिवारलाई प्रति परिवार १० केजी चामल, १ लि.
  • खानेतेल, १ केजी दाल, १ केजि नुन, १ थान साबुन, एक प्याकेट भुजा लगायतका समाग्रि बितरण गरिएको राहत बितरणकर्ता जवाहर यादवले जानकारी दिएका छन् ।

नवीनकुमार गुप्ता
सप्तरी, २१ चैत ।
    सम्भावित कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनको ११ औं दिन शुक्रबार राजविराजमा मजदुर तथा विपन्नहरुलाई एक किसान परिवारले राहत बितरण गरेका छन् । 
    राजविराज ९ मलेठ निवासी जवाहर यादव उनका भाई हिरालाल यादव, निमत्री यादव र ननु यादवले चार सय मजदुर तथा विपन्न परिवारलाई ३ लाख ५० हजार मुल्य बराबरको खाद्यान्न तथा अन्य सामाग्रि बितरण गरेका हुन् । 
    बेरोजगार मजदुर तथा विपन्न परिवार, आर्थिक अवस्था निकै कमजोर भएकालाई हातमुख जोर्ने समस्या नहोस् भन्ने उद्देश्यले अपाङ्ग, दलित, असाहय, बृद्धबृद्धा, एकल महिलालगायत विपन्न समुदायका ४ सय परिवारलाई प्रति परिवार १० केजी चामल, १ लि. खानेतेल, १ केजी दाल, १ केजि नुन, १ थान साबुन, एक प्याकेट भुजा लगायतका समाग्रि बितरण गरिएको राहत बितरणकर्ता जवाहर यादवले जानकारी दिएका छन् । त्यस्तै अनाथ र टुहुरा बालबालिकालाई लत्ताकपडा समेत बितरण गरिएको उनले बताए ।    
    स्थानीय कोशीलादेवीले राहत पाएपछि खुशी हुँदै लकडाउनका कारण बाहिर निस्किन नपाई बेरोजगार भई बस्दा हातमुख जोड्न समस्या भएको बेला खाद्यान्न उपलब्ध गराउने दाजुभाईलाई धन्यवाद दिएकी छिन् ।
    त्यस्तै अर्की मजदुर शिलियादेवीले लकडाउन भएदेखी राम्ररी खान नपाएका र घरमा केही बचाएर राखेको खाद्यन्न पनि तिन दिनदेखी सकिएपछि अहिले पाएको खाद्यान्नले केही राहत मिलेको बताइन् । 
    यता दैनिक ज्याला गरेर परिवार चलाउने मजदुर विपन्न समुदायलाई लकडाउनका कारण घरमै सीमित हुनुपर्दा हातमुख जोर्ने समस्या र भोकभोकै बस्ने बाध्यता रहेका बेला किसान परिवारका दाजुभाईले बाडेको राहतले त्यस्ता परिवारलाई धेरै राहत मिलेको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु