सप्तरीमा ५५ जनामा कोरोना संक्रमण, सबैको साइकृष्णाको आइसोलेशनमा उपचार गरिँदै

राजविराज राजविराज
|
मंगलबार, जेठ २०, २०७७
|
|
६५ पटक हेरिएको
Shares
सप्तरीमा ५५ जनामा कोरोना संक्रमण, सबैको साइकृष्णाको आइसोलेशनमा उपचार गरिँदै

सारांश

  • जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लामा मंगलबार एक जनामा थप कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५५ पुगेको हो ।
  •   यता संक्रमित मध्ये सबैभन्दा बढी जिल्लाको बोदेबसाईन नगरपालिकाका १९, राजगढ गाउँपालिकाका १३, डाक्नेश्वरी नगरपालिकाका १२, राजविराज नगरपालिका र बलान बिहुल गाउँपालिकाका ४÷४ तथा खडक नगरपालिका, सुरुङ्गा नगरपालिका र विष्णुपुर गाउँपालिका १÷१ गरि मंगलबारसम्ममा जिल्लामा कूल ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
  •       संक्रमित पुष्टि भएका मध्ये २ महिला र ५३ पुरुष गरि ५५ जनालाई राजविराजस्थित साई कृष्णा अस्पतालको आइसोलेशन कक्षमा उपचारका लागि भर्ना गराइएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २० जेठ । 
    सप्तरीमा कोरोना संक्रमितको संख्या ५५ पुगेको छ । पछिल्लो पटक मंगलबार सप्तरीको राजगढ गाउँपालिका २ निवासी २० वर्षिय यूवकमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनी सात दिनअघि मात्र भारतबाट फर्केका थिए । उनी गाउँपालिकाद्वारा संचालनमा ल्याइएको कवारेन्टाइनमा बस्दै आएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लामा मंगलबार एक जनामा थप कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५५ पुगेको हो । 
यता संक्रमित मध्ये सबैभन्दा बढी जिल्लाको बोदेबसाईन नगरपालिकाका १९, राजगढ गाउँपालिकाका १३, डाक्नेश्वरी नगरपालिकाका १२, राजविराज नगरपालिका र बलान बिहुल गाउँपालिकाका ४÷४ तथा खडक नगरपालिका, सुरुङ्गा नगरपालिका र विष्णुपुर गाउँपालिका १÷१ गरि मंगलबारसम्ममा जिल्लामा कूल ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । 
    संक्रमित पुष्टि भएका मध्ये २ महिला र ५३ पुरुष गरि ५५ जनालाई राजविराजस्थित साई कृष्णा अस्पतालको आइसोलेशन कक्षमा उपचारका लागि भर्ना गराइएको उनले बताए । 
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवका अनुसार जिल्लामा १ हजार ९ सय ५२ क्षमताको ५७ वटा क्वारेन्टाइन केन्द्र निर्माण गरिएकोमा हाल १ हजार ६ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् ।
    संक्रमित मध्ये ९५ प्रतिशत हालै भारतबाट घर फर्किएकाहरु रहेको जानकारी दिँदै प्रमुख यादवले भारतबाट प्रवेश गर्नेको संख्या बृद्धिसँग सँगै संक्रमित र आंशकितको संख्या समेत बढ्न थालेपछि व्यवस्थापनमा चुनौती थपिएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास
कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास
भगवती मन्दिर पुजा समितिको आयव्यय सार्वजनिक
भगवती मन्दिर पुजा समितिको आयव्यय सार्वजनिक
७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा 
७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा 
एकै दिन तीन संरचनाको शिलान्यास
एकै दिन तीन संरचनाको शिलान्यास
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
विश्व हुलाक दिवसमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित 
विश्व हुलाक दिवसमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित 
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
मास्क नलगाउने ७ सय ५० जनालाई कारवाही
मास्क नलगाउने ७ सय ५० जनालाई कारवाही