३४ स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा बन्द

राजविराज राजविराज
|
शुक्रबार, श्रावण २३, २०७७
|
|
२६ पटक हेरिएको
Shares
३४ स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा बन्द

सारांश

  •     अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.
  • रन्जित झाले ७ जना स्वास्थ्यकर्मी आइसोलेशनमा र ४ चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा भर्ना भएका कारण सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको जानकारी दिएका छन् ।
  •       स्वास्थ्यकर्मी संक्रमित हुँदै जाने र अर्को तिर आकस्मिक कक्ष, ओपिडि, इन्डोर र गाइनोका साथै आइसोलेशनमा पनि स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्थितिका कारण जनशक्तिको चरम अभाव भएको बताउँदै डा.

दैनिक समाचारदाता
राजविराज, २३ साउन । 
    ३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको शुक्रबार बिहानदेखी सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको छ ।
    अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले ७ जना स्वास्थ्यकर्मी आइसोलेशनमा र ४ चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा भर्ना भएका कारण सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको जानकारी दिएका छन् । 
    स्वास्थ्यकर्मी संक्रमित हुँदै जाने र अर्को तिर आकस्मिक कक्ष, ओपिडि, इन्डोर र गाइनोका साथै आइसोलेशनमा पनि स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्थितिका कारण जनशक्तिको चरम अभाव भएको बताउँदै डा. झाले यसतर्फ प्रदेश र संघीय सरकारबाट आवश्यक पहल हुनुपर्ने आग्रह समेत गरेका छन् । 
सात दिनमा ७ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको र उनीहरुको सम्पर्कमा आएका चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाईमा बस्दा जनशक्तिको चरम अभाव भई स्वास्थ्य सेवा प्रभावित भएको डा. झाको भनाई छ । 
एनेस्थेटिस्टका डाक्टरसमेत क्वारेन्टाइनमा रहेका कारण गाइनोमा पनि शल्यक्रिया सेवा पनि बन्द भएको उनले बताए । बाँकी रहेका ५ जना चिकित्सक र चार जना स्वास्थ्यकर्मी गरि ९ जनाको भरमा अस्पताल संचालन गर्न कठिनाइ भएको उनको भनाई छ ।
    यता सप्तरीमा दैनिक संक्रमित फेला पर्दै गएपछि स्थानिय प्रशासनले जिल्लाभर साउन २६ गतेसम्मका लागि निषेधाज्ञा जारि गरेको छ । जसकारण बजारहरु सुनसान बनेको छ भने जनजिवन कष्टकर बन्दै गएको छ । जिल्लामा शुक्रबारसम्ममा संक्रमितको संख्या ५ सय ५७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला
पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित
“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित
झुठ्ठा विवरण पेश गरी नागरिकता लिन खोज्ने भान्जा र माईजु पक्राउ 
झुठ्ठा विवरण पेश गरी नागरिकता लिन खोज्ने भान्जा र माईजु पक्राउ 
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
कुनौली सडकमा धुलोले सर्वसाधारणलाई सास्ती
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
सप्तरी काँग्रेस सभापतिको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
सप्तरी काँग्रेस सभापतिको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी