दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्थानिय प्रशासनले राजविराज नगर क्षेत्रमा चार किल्ला तोकेर मंगलबारदेखी थप ७ दिनका लागि निषेधाज्ञा बढाएको छ । यसअघि जारि गरिएको निषेधाज्ञाको समय सोमबाररात्ी १२ बजे सकिदैछ ।
स्थानिय प्रशासनले पूर्वमा खाँडो नदी, उत्तरमा कोशी पम्प चन्द्र नहर, पश्चिममा छिन्नमस्ता डेरी (सिरहा रोड) नजिकको नाला र दक्षिणमा लिलजा टोल÷बागेश्वरी मन्दिर सम्ममा भदौं २९ सम्म निषेधाज्ञा जारि गरेको हो ।
सोमबार प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको सुरक्षा समितिका बैठकले सो निर्णय गर्दै यसअवधीमा तरकारी, फलफुल, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रिका पसलहरु बिहान ५ बजेदेखी १० बजेसम्म मात्र खोल्न दिइने अनुमति दिइएको छ ।
जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले पहिलो पटक साउन ८ गते रातीबाट जिल्लाभर नै एक साताका लागि निषेधाज्ञा जारि गरेको थियो । त्यसपछि पनि कोरोनाको जोखिम कायमै रहेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले पटक पटक निषेधाज्ञाको म्याद बढाउँदै लगेको छ ।
पछिल्लो पटक राजविराज नगरपालिकामा ७ दिनका लागि निषेधाज्ञा थपिएको छ भने अन्य स्थानिय निकायको हकमा सम्बन्धीत स्थानिय तहका प्रमुखले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार भिडभाड नगरि, सामाजिक दुरी कायम गर्दै, अत्यावश्यक सेवा र सामाग्रिका पसल तथा संस्थाहरु खोल्न सक्ने अनुमति दिन सक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
सारांश
- स्थानिय प्रशासनले पूर्वमा खाँडो नदी, उत्तरमा कोशी पम्प चन्द्र नहर, पश्चिममा छिन्नमस्ता डेरी (सिरहा रोड) नजिकको नाला र दक्षिणमा लिलजा टोल÷बागेश्वरी मन्दिर सम्ममा भदौं २९ सम्म निषेधाज्ञा जारि गरेको हो ।
- सोमबार प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको सुरक्षा समितिका बैठकले सो निर्णय गर्दै यसअवधीमा तरकारी, फलफुल, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रिका पसलहरु बिहान ५ बजेदेखी १० बजेसम्म मात्र खोल्न दिइने अनुमति दिइएको छ ।
- जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले पहिलो पटक साउन ८ गते रातीबाट जिल्लाभर नै एक साताका लागि निषेधाज्ञा जारि गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भण्डारण गरिराखेको २१ क्विन्टल गाँजासहित दुई पक्राउ
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया