सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६ दिनमा पाँचको मृत्यु

राजविराज राजविराज
|
शनिबार, आश्विन १०, २०७७
|
|
६८ पटक हेरिएको
Shares
सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६ दिनमा पाँचको मृत्यु

सारांश

  • यता सप्तरीमा कोरोना संक्रमणबाट विगत ६ दिनमा पाँच जनाको मृत्यु भएको छ ।
  •       पछिल्लो पटक शनिबार बिहान राजविराज ७ निवासी ६२ वर्षिय स्थानिय महेन्द्र बिन्देश्वरी बहुमुखी राजविराजमा उपप्राध्यापक पदमा रही प्रध्यापन गर्दै आएका पुरुषको मृत्यु भएको हो ।
  • उनलाई स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि बिराटनगरस्थित बिराट मेडिकल कलेज एण्ड अस्पतालमा भर्ना गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १० असोज । 
    सप्तरीमा शनिबार थप एकजनाको कोरोना संक्रमणबाट मृच्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । 
यता सप्तरीमा कोरोना संक्रमणबाट विगत ६ दिनमा पाँच जनाको मृत्यु भएको छ । 
    पछिल्लो पटक शनिबार बिहान राजविराज ७ निवासी ६२ वर्षिय स्थानिय महेन्द्र बिन्देश्वरी बहुमुखी राजविराजमा उपप्राध्यापक पदमा रही प्रध्यापन गर्दै आएका पुरुषको मृत्यु भएको हो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि बिराटनगरस्थित बिराट मेडिकल कलेज एण्ड अस्पतालमा भर्ना गरिएको थियो । 
    उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको उनको उपचार त्यहा सम्भव नभएपछि बिपि कोरोइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएकोमा निजको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखी उपचार सुरु गरिएकोमा शनिबार बिहान २ः३० बजेतिर उनको निधन भएको परिवारजनले बताएका छन् । 
    यसअघि बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यालय सहयोगि पदमा कार्यरत ६० वर्षिय पुरुष तथा शुक्रबार राजविराज ७ का ७० वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यसअघि सोमबार कोरोना संक्रमणवाट सप्तरीमा थप दुई जनाको मृत्यु भएको थियो । मृतक दुबै जिल्लाको विष्णुपुर गाउँपालिकाका हुन । बिष्णुपुर गाउपालिका वडा नं. १ निवासी ४९ बर्षिय एक पुरुष र सोही गाउपालिका ३ कि ६० बर्षिया महिलाको मृत्यु भएको थियो ।
    यस्तै शनिबारसम्म संक्रमितको कुल संख्या १ हजार २ सय ४४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी संक्रमितको संख्या बढ्नुका साथै लगातार संक्रमितको मृत्यु हुन थालेपछि स्थानियमा अझै त्रास थपिएको छ ।     
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन
लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
महिला क्रिकेट खेलाडीलाई बेलायती कोचद्वारा प्रशिक्षण
महिला क्रिकेट खेलाडीलाई बेलायती कोचद्वारा प्रशिक्षण
शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ
शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा महोत्तरी र धनुषा बिजयी
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा महोत्तरी र धनुषा बिजयी
रुपनी गापाले धान काट्ने आधुनिक मेशिन भित्रायो 
रुपनी गापाले धान काट्ने आधुनिक मेशिन भित्रायो