डाक्नेश्वरी नपाको विशेष सभा बोलाउन माँग 

राजविराज राजविराज
|
बिहिबार, मंसिर २७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
डाक्नेश्वरी नपाको विशेष सभा बोलाउन माँग 

सारांश

  •     बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो समितिका संयोजक रामसुन्दर मण्डलले सो आरोप लगाउँदै २०७५ असोज २१ गते नगर सभाका ५५ जना सदस्य मध्ये ३८ जना सदस्यको हस्ताक्षरसहित विशेष सभा बोलाउन निवेदन दर्ता गरिएपनि हालसम्म त्यसतर्फ कुनै ध्यान नदिएकोप्रति आपत्ति जनाए ।
  •       सोही पत्रकार सम्मेलनमा वडा नं.
  • ८ का सदस्य मानविर रजकले प्रमुख शिवनारायण साह र प्रशासकिय अधिकृत मिलन दाहालले गाडी, कासको नियुक्ती, इन्धन, घर भाडामा आर्थिक हिनामिना गरेको आरोप लगाउँदै लेखा समितिले बैंक स्टेटमेन्ट, तलब प्रतिवेदन लगायत अन्य आर्थिक कारोबारका कागजातहरु उपलब्ध नगराएको गुनासो गरे ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 
    डाक्नेश्वरी नगरपालिका निर्वाचित पदाधिकारी संरक्षण समिति पातोले प्रमुख र प्रशासकीय अधिकृतले योजना छनौटदेखी आर्थिक हिनामिना गरेको आरोप लगाएको छ । 
    बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो समितिका संयोजक रामसुन्दर मण्डलले सो आरोप लगाउँदै २०७५ असोज २१ गते नगर सभाका ५५ जना सदस्य मध्ये ३८ जना सदस्यको हस्ताक्षरसहित विशेष सभा बोलाउन निवेदन दर्ता गरिएपनि हालसम्म त्यसतर्फ कुनै ध्यान नदिएकोप्रति आपत्ति जनाए । 
    सोही पत्रकार सम्मेलनमा वडा नं. ८ का सदस्य मानविर रजकले प्रमुख शिवनारायण साह र प्रशासकिय अधिकृत मिलन दाहालले गाडी, कासको नियुक्ती, इन्धन, घर भाडामा आर्थिक हिनामिना गरेको आरोप लगाउँदै लेखा समितिले बैंक स्टेटमेन्ट, तलब प्रतिवेदन लगायत अन्य आर्थिक कारोबारका कागजातहरु उपलब्ध नगराएको गुनासो गरे । 
    यस्तै सदस्य रजकले २०७४÷७५ मा योजना संचालनको कार्य समेत पारदर्शी नगरेको तथा दोश्रो नगरसभामा समेत आय विवरण सार्वजनिक नगरेकोले अबको ८ दिनभित्र विशेष सभा नबोलाए बिरोधका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी समेत दिए । 
    यसैगरि दलित, महिला प्रतिनिधिलाई प्रतिनिधित्वमा समेत काखापाखा लगाएको भन्दै योजना र अनुगमन गर्न पनि अधिकार नदिएको प्रति आक्रोस पोखे । उनले उपभोक्ता समिति र संचालित विभिन्न योजनाहरुमा समेत नातागोतालाई नै रहेको आरोप लगाउँदै नगरपालिकाको ऐन, कानुन, नियम बनाउँदा नगरसभाका सदस्यहरुसँग छलफल नगरेको जिकिर गरे ।  
    नगरसभाका केही सदस्यहरुसँग छलफल गरेर मात्र शिक्षा नियमावली बनाउन खोजेको भन्दै रजकले कार्यालय सहयोगि र अनमि नियक्तिमा समेत आफूखुसी नियुक्ति गर्नुका साथै मासिकालाई हटाएको कार्यप्रति असुन्तष्टि जनाए । 
    सो पत्रकार सम्मेलनमा नगरसभाका सदस्यहरु मण्डल र रजकसहित धर्मदेव यादव, शुभनारायण यादव, लक्ष्मण रामलगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजासहित दुई किशोर पक्राउ
गाजासहित दुई किशोर पक्राउ
उपनिर्वाचनका लागि नेकपा र राजपाले उम्मेदवार टुङ्गो लगायो, काँग्रेस र समाजवादीले लगाउँदै 
८५ वर्ष माथिका पाँच जना बुद्धबृद्धा सम्मानित
८५ वर्ष माथिका पाँच जना बुद्धबृद्धा सम्मानित
हुकिङ गरि विद्युत चोरी गर्ने ९ जना कारवाहीमा
हुकिङ गरि विद्युत चोरी गर्ने ९ जना कारवाहीमा
लागु औषधसहित तीन पक्राउ
लागु औषधसहित तीन पक्राउ
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
लागुऔषधसहित एक पक्राउ
लागुऔषधसहित एक पक्राउ
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनुपर्छ ः मन्त्री लेखी
संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनुपर्छ ः मन्त्री लेखी