दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपीसहित पाँच जनामा शुक्रबार कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
अघिल्लो दिन पिसिआर परिक्षणका लागि स्वाव दिएका डिएसपीको शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो । डिएसपीले परिक्षणसँगै आफू होमआइसोलेशनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
यसअघि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक र तत्कालिन डिएसपीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । यद्दपी दुबै जना कोरोना मुक्त भई आ–आफ्नो कार्यक्षेत्रमा खटिएका छन् ।
यस्तै शुक्रबारै राजविराज नगरपालिकाका एक महिला र दुई पुरुष तथा सुरुङ्गा नगरपालिकाका एक पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ र संक्रमतिको संख्या १ हजार ३ सय ६१ पुगेको छ ।
सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित
सारांश
- अघिल्लो दिन पिसिआर परिक्षणका लागि स्वाव दिएका डिएसपीको शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो ।
- डिएसपीले परिक्षणसँगै आफू होमआइसोलेशनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
- यसअघि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक र तत्कालिन डिएसपीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया