दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
कोरोना संक्रमणको उच्च जोखिम रहेको बेला उच्च अदालत जनकपुर राजविराज इजलास तथा करदाता सेवा कार्यालय राजविराजमा प्याडलसहितको हातधुने स्टेशन जडान गरिएको छ ।
युनिसेफ प्रदेश कार्यालय जनकपुधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको सहजिकरणमा सो प्याडलसहितको हातधुने स्टेशन जडान गरिएको हो ।
उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश प्रकाश चन्द्र गजुरेल तथा करदाता सेवा कार्यालयका प्रमुखले पनि हातधोएर स्टेशनको उद्घाटन गरेका थिए ।
उच्च अदालत र करदाता सेवा कार्यालयको परिसर भित्र सेवाग्राहीहरूको भिडभाड अत्याधिक रहने हुनाले कोभिड १९ संक्रमणको जोखिम न्युनिकरण तथा विश्व हातधुने दिवसलाई सफलता साथ सम्पन्न गर्ने उद्देश्यले सो स्टेशन जडान गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।
न्यायाधीश शेखर चन्द्र अर्याल, रजिष्टार रामप्रसाद भट्टराई, उच्च बार एशोसिएशन राजविराजका अध्यक्ष रामानन्द साह, जिल्ला बारका अध्यक्ष डोमन साह, उच्च बार एशोसिएशनका पूर्व अध्यक्ष श्याम नारायण साह, पूर्व कोषाध्यक्ष नवीन सिंह, उच्च उदालतका कर्मचारी तथा संस्थाका अध्यक्ष एवं पदाधिकारी, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
यसअघि जिल्ला अदालत सप्तरी परिसरमा पनि सो स्टेशन जडान गरिएको थियो ।
अदालत र कर कार्यालयमा प्याडलसहितको हातधुने स्टेशन जडान
सारांश
- युनिसेफ प्रदेश कार्यालय जनकपुधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको सहजिकरणमा सो प्याडलसहितको हातधुने स्टेशन जडान गरिएको हो ।
- उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश प्रकाश चन्द्र गजुरेल तथा करदाता सेवा कार्यालयका प्रमुखले पनि हातधोएर स्टेशनको उद्घाटन गरेका थिए ।
- उच्च अदालत र करदाता सेवा कार्यालयको परिसर भित्र सेवाग्राहीहरूको भिडभाड अत्याधिक रहने हुनाले कोभिड १९ संक्रमणको जोखिम न्युनिकरण तथा विश्व हातधुने दिवसलाई सफलता साथ सम्पन्न गर्ने उद्देश्यले सो स्टेशन जडान गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया