दूधमा पानी मिसाए दश हजार जरिवाना ! 

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
दूधमा पानी मिसाए दश हजार जरिवाना ! 

सारांश

  •     निर्देशिका मुलुकभरका दूध उत्पादन, संकलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्रीवितरण गर्ने सबै व्यवसायमा लागू हुनेछ ।
  • निर्देशिकाले दूध उत्पादनदेखि उपभोगसम्मको चरणमा स्वच्छता र गुणस्तर कायम गर्न सघाउ पुग्ने मन्त्रालयको विश्वास छ ।
  •     निर्देशिकाअनुसार दूध उत्पादक किसानले पशुचौपाया स्वास्थ्य, गोठ तथा फार्मको सरसफाइ, दूध दुहुने भाँडा र व्यक्तिगत सफाइमा समेत ध्यान दिनुपर्नेछ ।

दैनिक समाचारदाता
काठमाडौं, २८ मंसिर । 
    सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ जारी गरेको हो ।
    निर्देशिका मुलुकभरका दूध उत्पादन, संकलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्रीवितरण गर्ने सबै व्यवसायमा लागू हुनेछ । निर्देशिकाले दूध उत्पादनदेखि उपभोगसम्मको चरणमा स्वच्छता र गुणस्तर कायम गर्न सघाउ पुग्ने मन्त्रालयको विश्वास छ ।
    निर्देशिकाअनुसार दूध उत्पादक किसानले पशुचौपाया स्वास्थ्य, गोठ तथा फार्मको सरसफाइ, दूध दुहुने भाँडा र व्यक्तिगत सफाइमा समेत ध्यान दिनुपर्नेछ ।
    दूध दिने जनावर स्वस्थ हुनुपर्ने, दूध दुहुनुअघि साबुन पानीले राम्ररी हात धुनुपर्ने, हातमा घाउ चोट तथा खटिरा नभएको तथा संक्रामक रोग नलागेको हुनुपर्ने, गोठ सफा सुग्घर राख्नुपर्ने, दुध दुहुने भाँडो सजिलै सफा गर्न सकिने र ठूलो मुख भएको र स्टेनलेस स्टिल वा अल्मुनियमको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।
    दूध प्रशोधनको क्रममा दूध राख्ने भाँडा सफा र सुख्खा हुनुपर्ने, दुहेको दूध अर्को भाँडामा खन्याए पछि दुहेको भाँडा तुरून्तै तातोपानी, साबुन वा डिटरजेन्ट पानीले पखालेर घोप्ट्याएर राख्नुपर्ने, दूधमा पानीलगायत बाहृय पदार्थ मिसावट गर्न नपाइने, गुणस्तर बिग्रेको, स्वाद बिग्रेको, फाटेको वा बिगौती दूध प्रशोधनका लागि संकलन केन्द्र वा चिस्यान केन्द्रमा लैजान नपाइने व्यवस्था निर्देशिकाले गरेको छ ।
    ‘दूध दुहेपछि संकलन केन्द्र वा चिस्यान केन्द्र अथवा प्रशोधन कारखानामा बढीमा दुई घण्टाभित्र पु¥याइसक्नुपर्नेछ, बिहानको दूध बिहानै र बेलुकाको दूध बेलुकै संकलन केन्द्रमा पु¥याउनुपर्नेछ’, निर्देशिकामा भनिएको छ ।
    दूध उत्पादक किसानले पशुलाई खुवाउने दाना स्वच्छ, गुणस्तरीय र पोषणयुक्त हुनुपर्ने उल्लेख छ । डेरी उद्योगमा दूध प्रशोधन गर्न ठाउँमा आगन्तुकलाई प्रवेश निषेध गर्न भनिएको छ ।
    प्रशोधन कक्षमा कामगर्दा कामदारले सफा टोपी, माक्स, एप्रोन, पञ्जा, जुत्ता लगाउनु पर्ने, दूध प्रशोधन गर्दा मेसिनरी औजारको प्रयोग गर्नुपर्ने, दूध प्याकिङ गर्दा रवरले प्याकिङ गर्न नपाइने व्यवस्था निर्देशिकाले गरेको छ ।
    निर्देशिका जारी भएको मितिले ६ महिनापछि अर्थात आगामी चैतदेखि लागू हुने मन्त्रालयले जनाएको छ । अनुगमन र निरीक्षणका क्रममा निर्देशिका बमोजिम नभएको पाइए सम्बन्धित दुग्ध व्यवसाय सञ्चालकमाथि खाद्य ऐन २०२३ अनुसार कारवाही हुनेछ ।
    खाद्य ऐन विपरीत काम गर्ने व्यक्तिलाई कसूरअनुसार पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । यस्तै नियम उल्लघंन गर्नेमाथि दश हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिव केयरद्वारा डोम समुदायका एक बालकको अभिभावकत्व ग्रहण
शिव केयरद्वारा डोम समुदायका एक बालकको अभिभावकत्व ग्रहण
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
पहिलो मिथिला कप टि ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहाले सप्तरीलाई हरायो
पहिलो मिथिला कप टि ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहाले सप्तरीलाई हरायो
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
समाजसेवी ई. यादवद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित
समाजसेवी ई. यादवद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित
शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ
शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
कैद सजाय तोकिएका  खंग कारागार चलान
कैद सजाय तोकिएका  खंग कारागार चलान