विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 

राजविराज राजविराज
|
बुधबार, कार्तिक ५, २०७७
|
|
३५ पटक हेरिएको
Shares
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 

सारांश

  •     सप्तरीको खडक नगरपालिका वडा १, २, ३ र ५ तथा सुरुङ्गा नगरपालिकाको ३, ९ र १०  अति प्रभावित १ सय ६८ परिवारलाई प्रतिपरिवार ८ हजार ६ सय २५ बराबरको खाद्यान्न र आवश्यकता अनुसार २ हजार ५ सय पर्ने शैक्षिक सामग्री, एक हजार बरावरको बेबी प्याक सेभ द चिल्ड्रेनको सहयोगमा वितरण गरिएको हो ।
  •     सुरुङ्गा नगरपालिकास्थित कदमाहामा नगर प्रमुख मुक्तिनाथ चौधरीले सो कार्यक्रमको सुरूवात गर्दै नगरका सबै प्रभावित परिवारहरुलाई सहयोग गर्ने योजना रहेको बतााए ।
  • उनले संकटको बेलामा सबल नेपाल र सेभ द चिल्ड्रेनले पु¥याएको सहयोगको प्रशंसा गरे ।

दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक । 
    कोरोना महामारीका बीच अति, गरिव तथा असहाय परिवारलाई गुजारा चलाउनको निम्ति कठिनाई भएपछि सबल नेपालले खाद्यान्न, शैक्षिक तथा सरसफाई सामग्री बितरण गरेको छ ।
    सप्तरीको खडक नगरपालिका वडा १, २, ३ र ५ तथा सुरुङ्गा नगरपालिकाको ३, ९ र १०  अति प्रभावित १ सय ६८ परिवारलाई प्रतिपरिवार ८ हजार ६ सय २५ बराबरको खाद्यान्न र आवश्यकता अनुसार २ हजार ५ सय पर्ने शैक्षिक सामग्री, एक हजार बरावरको बेबी प्याक सेभ द चिल्ड्रेनको सहयोगमा वितरण गरिएको हो ।
    सुरुङ्गा नगरपालिकास्थित कदमाहामा नगर प्रमुख मुक्तिनाथ चौधरीले सो कार्यक्रमको सुरूवात गर्दै नगरका सबै प्रभावित परिवारहरुलाई सहयोग गर्ने योजना रहेको बतााए । उनले संकटको बेलामा सबल नेपाल र सेभ द चिल्ड्रेनले पु¥याएको सहयोगको प्रशंसा गरे ।
    उक्त कार्यक्रममा अनावश्यक भिड र झन्झट न्यूनीकरण गर्नका लागि प्रभु बैंक लिमिटेडको प्राविधिक सहयोगममा मार्फत उक्त सामग्रीहरु प्रभावित परिवारहरुलाई भौचर कोडलाई उपलब्ध गराई छुटाछट्टै तोकिएको पसलमा सेवाग्राहीले सजिलै सामग्री सँग साट्ने गरि व्यवस्था मिलाउनमा सहयोग गरेको सबल नेपालका कार्यक्रम अधिकृत रोशन मण्डलले बताए ।
    यस अघि पनि सबल नेपालले नै बन्दाबन्दिको कारण जिविकोपार्जन र रोजगार गुमाएका १ सय ५० बढी परिवारलाई सहयोग गरेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुससहित जिप्रकाका कर्मचारी पक्राउ
घुससहित जिप्रकाका कर्मचारी पक्राउ
विमान दुर्घटनामा मृत्यु हुनेहरुको सम्झनामा दीप प्रज्वलन
विमान दुर्घटनामा मृत्यु हुनेहरुको सम्झनामा दीप प्रज्वलन
एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
सप्तरीमा कोरोना संक्रमण दर घट्दै 
सप्तरीमा कोरोना संक्रमण दर घट्दै 
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै 
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै 
सप्तरीका ११ स्थानमा नागरिक यात्रु सहायता कक्ष
सप्तरीका ११ स्थानमा नागरिक यात्रु सहायता कक्ष
हावाहुरीका कारण मृत्यु भएका परिवारजनलाई राहत स्वरुप एक÷एक लाख दिने
हावाहुरीका कारण मृत्यु भएका परिवारजनलाई राहत स्वरुप एक÷एक लाख दिने
जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती