आर्थिक अबस्था कमजोर छात्रालाई साईकल तथा शैक्षिक सामग्री बितरण 

राजविराज राजविराज
|
आइतबार, मंसिर २१, २०७७
|
|
४६ पटक हेरिएको
Shares
आर्थिक अबस्था कमजोर छात्रालाई साईकल तथा शैक्षिक सामग्री बितरण 

सारांश

  •     सेभ द सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा आइतबार आयोजित एक कार्यक्रम बिच कोभिड १९ बाट प्रभाबित बिद्यार्थीहरूलाई नियमित बिदालय पठाउनका लागि उक्त सामग्री बितरण गरिएको हो ।
  •     गरिवीका कारण बिद्यालय जान कठिनाई भएका तिलाठी कोईलाडी गाउँपालिका वडा नं.
  • ५ का ८ जना बिद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा बिद्यालय जान साईकल सहयोग गरेको सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर । 
    सप्तरी तिलाठी कोईलाडी गाउँपालिकाका ८ जना बिपन्न परिवारका बिद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा साईकल प्रदान गरिएको छ ।
    सेभ द सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा आइतबार आयोजित एक कार्यक्रम बिच कोभिड १९ बाट प्रभाबित बिद्यार्थीहरूलाई नियमित बिदालय पठाउनका लागि उक्त सामग्री बितरण गरिएको हो ।
    गरिवीका कारण बिद्यालय जान कठिनाई भएका तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ का ८ जना बिद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा बिद्यालय जान साईकल सहयोग गरेको सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले जानकारी दिएका छन् ।
    सो अवसरमा तिलाठी कोईलाडी गाउपालिका ५ का अध्यक्ष रामप्रसाद साहले आर्थिक अबस्था कमजोर भएको कारण तथा बिद्यालयबाट टाढा रहेकोले साईकल नभएको कारण बिद्यालय जान कठिनाई भएको अबस्थामा सेभ द सप्तरीले गरेको सहयोगको प्रशंसा गरे ।
    सहयोग गरिएको सामग्रीमा साईकल एक थान, कोपी २५ वटा, वल पेन १२, कोपी स्केल, स्टेपलर, क्यालकुलेटर, औजार बकस, अंग्रेजी ग्रामर, नेपाली ब्याकरण, समान्य ज्ञान, सहितको १० हजार ४ सय ९५ बरावरको शैक्षिक सामग्री प्रदान गरिएको सेभ द सप्तरीका संतोष यादबले जानकारी दिए ।
    उक्त अवसरमा सेभ द सप्तरीका सचिव नरेन्द्र यादब, सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल मण्डल, कार्यक्रम संयोजक गोपाल चौधरी लगायतले समाजमा किशोरीप्रति गरिने भेदभावलाई अन्त गर्नका लागि किशोरीहरूलाई शिक्षामा प्रोत्साहन मिल्ने बिश्वास ब्यक्त गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह
बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार
बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार
समितिकै पदाधिकारीद्वारा खेलकुद  समितिको प्रमुखको कार्यकक्षमा तालाबन्दी
समितिकै पदाधिकारीद्वारा खेलकुद  समितिको प्रमुखको कार्यकक्षमा तालाबन्दी
तिलाठीमा तीन घर जलेर नष्ट
तिलाठीमा तीन घर जलेर नष्ट
अवैध रुपमा भारततर्फ लैजादै गरेको १० बाछासहित एक पक्राउ
अवैध रुपमा भारततर्फ लैजादै गरेको १० बाछासहित एक पक्राउ
लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग
लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण