वेपत्ता बालक आँप बगौचामा मृत भेटिए

राजविराज राजविराज
|
शुक्रबार, पौष ३, २०७७
|
|
३७ पटक हेरिएको
Shares
वेपत्ता बालक आँप बगौचामा मृत भेटिए

सारांश

  •     सो गाउँपालिका ३ सकरपुरा निवासी रोहित मुखियाका ५ वर्षिय छोरा आनन्दको मृत शरीर शुक्रबार दिउँसो घरबाट पाँच सय मिटर टाढा रहेको आँपको बगौचामा पराल र आँपको हांगाले छापेर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
  •       बालक आनन्द बिहीबार दिउँसोदेखी वेपत्ता थिए ।
  • उनी घरबाट ५ सय मिटर टाढा रहेको आँप बगैचामा साथीभाईसँग खेल्न गएका बेला वेपत्ता भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३ पुस । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाबाट बिहीबार वेपत्ता भएका एक बालकको शव शुक्रबार फेला परेको छ । 
    सो गाउँपालिका ३ सकरपुरा निवासी रोहित मुखियाका ५ वर्षिय छोरा आनन्दको मृत शरीर शुक्रबार दिउँसो घरबाट पाँच सय मिटर टाढा रहेको आँपको बगौचामा पराल र आँपको हांगाले छापेर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । 
    बालक आनन्द बिहीबार दिउँसोदेखी वेपत्ता थिए । उनी घरबाट ५ सय मिटर टाढा रहेको आँप बगैचामा साथीभाईसँग खेल्न गएका बेला वेपत्ता भएका थिए । उनको ढाड र टाउँकोमा गहिरो चोट देखिएको छ ।
    अबेर साँझसम्म छोरा घर नफर्किएपछि चिन्तित बनेका बुबा रोहितले राती १० बजेतिर प्रहरीलाई खबर गरे लगत्तै खोजतलास गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले बताए ।
    उनका अनुसार बालकलाई स.१त. ७७५२ नम्बरको गाउँकै ट्याकटरले ठक्कर दिएर मारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । गाउँमै माटो ओसारपोसार गर्ने काममा लागेका सो ट्याक्टर घटनाका दिन सोही क्षेत्रमा ओहोरदोहोर गरेको सूचनाको आधारमा गहिरो अनुसन्धान थाल्दा सत्यतथ्य खुलेको प्रहरीको भनाई छ । 
    ट्याक्टरलाई नियन्त्रणमा लिइसकिएको छ भने पहचिान भइसकेका चालक हाल फरार रहेको उनले जानकारी दिएका छन् । बालकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पठाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?