दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
उदयपुरको गढीमाई गाउँपालिका ७ बस्ने पूर्ण बहादुर थापालाई अदालतले कारागार चलान गर्ने आदेश दिएको छ ।
लागु औषध मुद्दामा दुई वर्षपछि पक्राउ परेका ३२ वर्षिय थापालाई सप्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
बि.स. २०७५ फागुन २३ गते प्रतिबन्धित लागु औषध गाजासहित पक्राउ परेका उनीमाथी लागु औषध नियन्त्रण ऐन अन्तरगत मुद्दा चलाइएको थियो ।
अनुसन्धानकै क्रममा फरार रहेका उनलाई खोजतलास गर्दै जाँदा प्रहरीले पक्राउ गरि अदालतसमक्ष उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका र फैसला नहुँदै फरार रहेका प्रतिवादीहरु पक्राउ गर्न अभियान नै चलाएको उनको भनाई छ । प्रहरीले फरार प्रतिवादी पक्रने अभियान चलाएयता डेढ सय भन्दा बढी अभियुक्त पक्राउ गरिसकेको जनाएको छ ।
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ परेका थापा कारागार चलान
सारांश
- लागु औषध मुद्दामा दुई वर्षपछि पक्राउ परेका ३२ वर्षिय थापालाई सप्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
- बि.
- स.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया