दुई पत्रकार सम्मानित

राजविराज राजविराज
|
सोमबार, पौष २७, २०७७
|
|
२४ पटक हेरिएको
Shares
दुई पत्रकार सम्मानित

सारांश

  •     लोकेन्द्र स्मृति दिवसको अवसरमा महासंघले आइतबार आयोजना गरेको पुरस्कार वितरण समारोहमा २७ औं लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कार राउतलाई प्रदान गरिएको हो ।
  •       सोही कार्यक्रममा पत्रकार उमा सिंहको स्मृती एवं सम्मानमा आजको वातावरण दैनिकद्वारा स्थापना गरिएको वातावरणीय पुरस्कार मालीलाई प्रदान गरिएको छ ।
  •       पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाले पत्रकार राउतलाई तथा आजको वातावरण दैनिकका सम्पादक बैजनाथ झाले पत्रकार मालीलाई नगद तथा कदरपत्रबाट सम्मानित गरे ।

दैनिक समाचारदाता
राजविराज, २६ पुस । 
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा स्थापित ‘लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कार’ बाट यस वर्ष सञ्चारकर्मी धर्मपाल राउत सम्मानित भएका छन् भने वातावरणीय पुरस्कार भुपदेव मालीलाई प्रदान गरिएको छ । 
    लोकेन्द्र स्मृति दिवसको अवसरमा महासंघले आइतबार आयोजना गरेको पुरस्कार वितरण समारोहमा २७ औं लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कार राउतलाई प्रदान गरिएको हो । 
    सोही कार्यक्रममा पत्रकार उमा सिंहको स्मृती एवं सम्मानमा आजको वातावरण दैनिकद्वारा स्थापना गरिएको वातावरणीय पुरस्कार मालीलाई प्रदान गरिएको छ । 
    पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाले पत्रकार राउतलाई तथा आजको वातावरण दैनिकका सम्पादक बैजनाथ झाले पत्रकार मालीलाई नगद तथा कदरपत्रबाट सम्मानित गरे । 
    महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षता तथा पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाको प्रमुख आतिथ्यमा आयोजित पुरस्कार वितरण समारोहमा वरिष्ट पत्रकार शिवहरि भट्टराई, उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, निजामति कर्मचारीको आधिकारी ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झा, उपाध्यक्ष श्यामसुन्दर यादव, महासंघका पूर्वसभापति धिरेन्द्र साह, प्रकाश खतिवडा, विष्णु मण्डल, प्रदेश सचिव रामनारायण विश्वास, आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीकी अध्यक्ष प्रियासिंह थारुलगायतले शुभकामना दिएका थिए । 
    सोही कार्यक्रममा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोषमा ११ हजार रुँपैया सहयोग प्रदान गरेका छन् । 
    राजविराजबाट प्रकाशित नवीन साप्ताहिकको सहसम्पादकको रुपमा कार्यरत स्व. लोकेन्द्र बुढाथोकीको बि.स. २०५१ सालमा राजविराजस्थित डेरामा शंकास्पद अवस्थामा मृत्यु भएको थियो । उनी सल्यान जिल्लामा जन्मिए पनि राजविराजस्थित बालकल्याण गृहमा हुर्केका थिए । उनी सप्तरी जिल्लालाई कर्मथलो बनाएर शाहसिक रुपमा पत्रकारिता गर्दै थिए । हालसम्म उनको मृत्यु बारेको अनुसन्धान गर्भमै रहेको छ ।
    अनुसन्धानात्मक समाचारका साथै विकृति एवं बेथिति विरुद्ध निर्भिकताकासाथ कलम चलाएर पु¥याएको योगदान वापत लाकेन्द्रकै स्मृती एवं सम्मानमा महासंघले पुरस्कारको स्थापना गरि प्रत्येक वर्ष एक जना पत्रकारलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
प्रम ओलीको समर्थनमा गर्न लागिएको कार्यक्रम  आफ्नै पार्टीका नेता कार्यकर्ताबाट बिथोलियो
प्रम ओलीको समर्थनमा गर्न लागिएको कार्यक्रम  आफ्नै पार्टीका नेता कार्यकर्ताबाट बिथोलियो
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
पाँच दिने आईसीटी तालिम सम्पन्न
पाँच दिने आईसीटी तालिम सम्पन्न
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
९० हजार अपाङ्गता भएका व्यक्ति भएको सप्तरीमा १५ हजारलाई मात्र परिचयपत्र
९० हजार अपाङ्गता भएका व्यक्ति भएको सप्तरीमा १५ हजारलाई मात्र परिचयपत्र

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह