आगोले जलेर गम्भिर भएकी निरसीलाई उपचार खर्चको अभाव

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ९, २०७७
|
|
९७ पटक हेरिएको
Shares
आगोले जलेर गम्भिर भएकी निरसीलाई उपचार खर्चको अभाव

सारांश

  •     राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा झण्डै एक महिनादेखी उपचार गराइरहेकी राजविराज नगरपालिका १० दिघवा टोलकी २५ वर्षिया निरसीदेवी खंगलाई उपचार खर्च बढेपछि उनी समस्यामा परेकी छिन् ।
  •       गत माघ १३ गते चिसो छल्न बालिएको घुर साडीमा सल्केर शरीरको छाती भन्दा मुनीको पुरै भाग जलेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागि सो अस्पतालको सर्जिकल विभागमा भर्ना गरिएको थियो ।
  •       हाल सोही अस्पतालमा उपचार लम्बिदै गएपछि खर्च पनि बढेकोले तनावमा परेको पति राजाराम खंगले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन । 
    आगोबाट जलेर गम्भिर घाइते भएकी एक महिलालाई उपचार खर्च अभावमा अहिले समस्या परेको छ । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा झण्डै एक महिनादेखी उपचार गराइरहेकी राजविराज नगरपालिका १० दिघवा टोलकी २५ वर्षिया निरसीदेवी खंगलाई उपचार खर्च बढेपछि उनी समस्यामा परेकी छिन् । 
    गत माघ १३ गते चिसो छल्न बालिएको घुर साडीमा सल्केर शरीरको छाती भन्दा मुनीको पुरै भाग जलेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागि सो अस्पतालको सर्जिकल विभागमा भर्ना गरिएको थियो । 
    हाल सोही अस्पतालमा उपचार लम्बिदै गएपछि खर्च पनि बढेकोले तनावमा परेको पति राजाराम खंगले जानकारी दिए । ऐलानी जग्गामा बसोवास गर्दै आएका खंग दम्पत्तिको एक मात्र सन्तान छन् । उनीहरु दैनिक अर्काको घर र खेतमा काम गरेर जिविकोपार्जन गर्दै आएका थिए । तर, निरसी जलेर गम्भिर घाइते भएका कारण पति उनकै रेखदेखमा खट्ने गरेकाले अहिले रकम अभाव हुँदा उपचार खर्च मात्र नभएर हातमुख जोड्न समेत समस्या भएको छ । 
    बढी मुल्य पर्ने औषधीका कारण हालसम्म दैनिक मजदुरी गरेर कमाएको २१ हजार रुँपैया पनि खर्च भइसकेकोले अहिले औषधी किन्ने पैसा समेत नरहेको पति राजारामले जानकारी दिए । पत्नीको उपचारका लागि वडा कार्यालयदेखी टोलका साहु महाजनसम्म सहयोगको याचना गरेपनि कत्तै सहयोग नपाएको राजारामले सुनाए । 
    पीडित महिलाकी दिदी सचोदेवीले गरिबी कै कारण बहिनीको उपचारमा समस्या भएको बताउँदै सहयोगको याचना गरेकी छिन् । 
    चिकित्सकले बाहिर लगेर थप उपचार गराउन पनि सल्लाह दिएपनि रकमको अभावमा लान नसकिएको उहाँले लाचारी व्यक्त गर्दै सम्पूर्ण सरोकारवाला पक्षहरुसँग सहयोगका लागि याचना समेत गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?