श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १७, २०७७
|
|
२७ पटक हेरिएको
Shares
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका १ निवासी ५५ वर्षिया गितादेवी महतो छिन् ।
  • सीमावर्ती भारतीय कुनौली बजारबाट बिहान ११ बजेतिर पैदलै आउँदै गरेकी महतोलाई श्रोत नखुलेको तीन लाखसहित तिलाठी कोइलाडी गाउँपालिका १ स्थित खाडो खोला क्षेत्रबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
  •        भारतबाट नेपाल आउँदै गरेकी महतोमाथी शंका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट तिलाठीका सशस्त्र प्रहरी सहायक निरिक्षक रामनारायण महतो नेतृत्वमा महिला प्रहरीसहितको टोलीले चेकजाच गर्दा महिलाले भित्री बस्त्रमा लुकाएको तीन लाख रुँपैया बरामद गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, १७ फागुन । 
    श्रोत नखुलेको १० लाख रुँपैयासहित दुई महिला पक्राउ परेको एक साता नबित्दै पुन: श्रोत नखुलेको तीन लाख रुँपैयासहित सोमबार एक महिला पक्राउ परेका छन् ।
    पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका १ निवासी ५५ वर्षिया गितादेवी महतो छिन् । सीमावर्ती भारतीय कुनौली बजारबाट बिहान ११ बजेतिर पैदलै आउँदै गरेकी महतोलाई श्रोत नखुलेको तीन लाखसहित तिलाठी कोइलाडी गाउँपालिका १ स्थित खाडो खोला क्षेत्रबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । 
     भारतबाट नेपाल आउँदै गरेकी महतोमाथी शंका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट तिलाठीका सशस्त्र प्रहरी सहायक निरिक्षक रामनारायण महतो नेतृत्वमा महिला प्रहरीसहितको टोलीले चेकजाच गर्दा महिलाले भित्री बस्त्रमा लुकाएको तीन लाख रुँपैया बरामद गरेको हो । 
    पक्राउ परेकी महिलालाई आवश्यक कारवाहीका लागि सोमबारै बेल्हीस्थित राजविराज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् । 
    यसअघि फागुन ११ गते पनि सोही क्षेत्रबाट श्रोत नखुलेको १० लाख रुँपैयासहित सोही गाउँपालिकाकी ३८ वर्षिया कबिता दास र २२ वर्षिया रिंकु दास पक्राउ परेकी थिइन् । 
    सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले हुन्डि कारोबारमा संलग्न भएको आंशका रहेपनि यस बारेमा नेपाल प्रहरीको समन्वयमा थप अनुसन्धान हुने जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?