शिवालयमा भक्तजनको घुइचो

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २८, २०७७
|
|
६८ पटक हेरिएको
Shares
शिवालयमा भक्तजनको घुइचो

सारांश

  •     सप्तरीको प्रशिद्ध हरिनन्देश्वर महादेव, शम्भुनाथ, लालेश्वरनाथ, महादेव अंकुरी लगायतका शिवालयहरुमा बिहानैदेखी हजारौंको संख्यामा पूजा र दर्शन गर्न भक्तजन पुगेका छन् ।
  •       यस अवसरमा उक्त मन्दिर परिसरमा भब्य मेलाको आयोजना समेत गरिएको छ ।
  • गत वर्ष कोरोनाको जोखिमलाई ध्यानमा राख्दै स्थानिय प्रशासनले मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 
    महाशिवरात्रीका अवसरमा बिहीबार शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनको घुइचो लागेको छ । 
    सप्तरीको प्रशिद्ध हरिनन्देश्वर महादेव, शम्भुनाथ, लालेश्वरनाथ, महादेव अंकुरी लगायतका शिवालयहरुमा बिहानैदेखी हजारौंको संख्यामा पूजा र दर्शन गर्न भक्तजन पुगेका छन् । 
    यस अवसरमा उक्त मन्दिर परिसरमा भब्य मेलाको आयोजना समेत गरिएको छ । गत वर्ष कोरोनाको जोखिमलाई ध्यानमा राख्दै स्थानिय प्रशासनले मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
    यसपटक स्थानिय प्रशासनले त्यस्तो कुनै आदेश जारि नगरेकाले तथा कोरोनाको जोखिम पनि कम हुँदै गएकाले शिवालयहरुमा भक्तजनको घुइचो लागेको सम्बद्ध मन्दिरका पूजारीहरुले बताएका छन् । 
    पूजाकै क्रममा सप्तकोशी, त्रियुगालगायतका जलाशयबाट एका बिहानै जल ल्याएर बोलबम बोलबमको नारा लगाउँदै शिवालयहरुमा जल चढाउने भक्तजनको भिड पनि कम थिएन् ।
    दर्शनका लागि आउने दर्शनार्थीका लागि विभिन्न संघसंस्थाले आवश्यक सुविधाको प्रबन्ध मिलाएका थिए । स्वमसेवक र प्रहरीले लाइन ब्यवस्थापनमा ध्यान दिएकाले पूजापाठ सहज भएको सीमावर्ती भारतको कुनौली बजारबाट शम्भुनाथ मन्दिर पुगेका ग्रामपंचायत प्रमुख कौशलकुमारले बताए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह 
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
दुर्लभ रगत दान गरि भीमदल गणका  जवानले जोगाए गर्भवती महिलाको ज्यान 
दुर्लभ रगत दान गरि भीमदल गणका  जवानले जोगाए गर्भवती महिलाको ज्यान 
आर्थिक अबस्था कमजोर छात्रालाई साईकल तथा शैक्षिक सामग्री बितरण 
आर्थिक अबस्था कमजोर छात्रालाई साईकल तथा शैक्षिक सामग्री बितरण 
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
गाजासहित दुई पक्राउ
गाजासहित दुई पक्राउ
ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद 
ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद 
तस्करी गरि भारततर्फ लैजादै गरेको १ हजार ४ सय बोतल मदिरा बरामद
तस्करी गरि भारततर्फ लैजादै गरेको १ हजार ४ सय बोतल मदिरा बरामद
जिर्ण भवनबाटै सेवा प्रवाह गर्दै घरेलु तथा साना उद्योग कार्यालय
जिर्ण भवनबाटै सेवा प्रवाह गर्दै घरेलु तथा साना उद्योग कार्यालय