दैनिक समाचारदाता
पर्सा, २७ बैशाख ।
पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध ७० किलो गाजा बरामद गरेको छ ।
जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ९ विश्रामपुर बस्ने ४५ वर्षिय सोती कलवारको घरमा लुकाई राखेको अवस्थामा उक्त मात्राको गाजा बरामद गरेको हो ।
स्गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली खानतलासी गर्ने गएको बेला प्रहरी टोलीलाई देख्ना साथ सोती कलवार मोटरसाइकल चढी फरार भएको प्रहरीले जनाएको छ ।
यता उनको घरमा खानतलासी गर्दा सुत्ने कोठाको खाटमुनि लुकाइछिपाई राखिएको हालसालै तयार गरिएको गाँजाको प्याकेट ८ थान ८, ४ वटा बाल्टिन भित्र राखिएको गाँजाको पोका ८ थान गरी जम्मा १६ वटा पोका भित्र गरी जम्मा ७० किलो ४८० ग्राम गाँजा फेला परेको पर्सा प्रहरीले जनाएको छ ।
उक्त गाँजा बरामद गरी प्रहरीले सोती कलवार बिरूद्ध लागू औषध गाँजा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।
७० किलो गाजा बरामद
सारांश
- जिल्लाको बहुदरमाई नगरपालिका वडा नं.
- ९ विश्रामपुर बस्ने ४५ वर्षिय सोती कलवारको घरमा लुकाई राखेको अवस्थामा उक्त मात्राको गाजा बरामद गरेको हो ।
- स्गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली खानतलासी गर्ने गएको बेला प्रहरी टोलीलाई देख्ना साथ सोती कलवार मोटरसाइकल चढी फरार भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
बालक मृत अवस्थामा फेला
सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरियो
गुरुकुल सहकारीको ६औं साधारणसभा, महिला सशक्तीकरण र स्वरोजगारमा जोड
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
प्रतिक्रिया
० प्रतिक्रिया