सय दिन काम गर्दा ६० दिनको मात्र पारिश्रमिक दिएको भन्दै तालाबन्दी

राजविराज राजविराज
|
शुक्रबार, श्रावण ८, २०७८
|
|
४९ पटक हेरिएको
Shares
सय दिन काम गर्दा ६० दिनको मात्र पारिश्रमिक दिएको भन्दै तालाबन्दी

सारांश

  •     कुलोपैनी मर्मत र सम्भार कार्यमा एक सय दिन खटाई ६० दिनको मात्र भुक्तानी दिएको भन्दै उनीहरुले प्रदर्शन गर्दै तालाबन्दी गरेका हुन् ।
  •     वडा अध्यक्ष रामप्रसाद यादवले ४० दिनको बाँकी रकम अनियमितता गरेको भन्दै स्थानिय कामदारहरुले बिरोध प्रदर्शन गर्दै तालाबन्दी गरेको जनाइएको छ ।
  •       उनीहरुले टायर बालेर चर्को नाराबाजी गर्दै तालाबन्दी गरेपछि वडा कार्यालयको सबै कामकाज दिनभर ठप्प रह्यो ।

दैनिक समाचारदाता
राजविराज, ७ साउन । 
    प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम गरेको पुरै ज्याला नपाएको भन्दै बिहीबार राजविराज नगरपालिका वडा नं. १५ को कार्यालयमा तालाबन्दी गरिएको छ । 
    कुलोपैनी मर्मत र सम्भार कार्यमा एक सय दिन खटाई ६० दिनको मात्र भुक्तानी दिएको भन्दै उनीहरुले प्रदर्शन गर्दै तालाबन्दी गरेका हुन् ।
    वडा अध्यक्ष रामप्रसाद यादवले ४० दिनको बाँकी रकम अनियमितता गरेको भन्दै स्थानिय कामदारहरुले बिरोध प्रदर्शन गर्दै तालाबन्दी गरेको जनाइएको छ । 
    उनीहरुले टायर बालेर चर्को नाराबाजी गर्दै तालाबन्दी गरेपछि वडा कार्यालयको सबै कामकाज दिनभर ठप्प रह्यो ।
    महिला कामदार ललिता कुमारी यादवले कुलोपैनी र मर्मत सम्भारमा स्थानिय महिला र पुरुष गरि ६२ जनालाई खटाइएको तर, भुक्तानी दिने बेलामा नापी र हाजिर नपुगेको भन्दै ६० दिनको मात्र पारिश्रमिक दिएकोले आफूहरु बिरोधमा उत्रेको बताइन् । 
    पारिश्रमिकमा धाँधली भएको भनी राजविराज नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा गुनासोसहितको उजुरी लिएर पटक पटक गएपनि सुनुवाई नभएकाले बाध्य भई तालाबन्दीमा उत्रनु परेको उनको भनाई छ ।    
    यता वडा अध्यक्ष रामप्रसाद यादवले कुलोपैनी मर्मत र सम्भार कार्य सोझै नगरपालिकाबाट भएको र वडा कार्यालयको कुनै संलग्नता रहेको दाबी गरे । उनले कार्यस्थलमा नगरपालिकाबाट खटेकै प्राविधीकहरुले निरिक्षण, कामको मुल्याङ्कन र हाजिर अनुसार नै पेश गरेको प्रतिवेदन अनुसार नगरपालिकाले भुक्तानी दिएका बताए । 
    प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उक्त विषयमा सत्यतथ्य बुझ्ने काम भइरहेको बताउँदै दुबै पक्षलाई राखी आवश्यक निर्णय गर्ने बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको शुभारम्भ
सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको शुभारम्भ
करेन्ट लागेर एकको ज्यान गयो
करेन्ट लागेर एकको ज्यान गयो
लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
सप्तरीका एक पत्रकारसहित १८ जना कोरोना संक्रमित
सप्तरीका एक पत्रकारसहित १८ जना कोरोना संक्रमित
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 
सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
लोसपा मधेशको सबैभन्दा ठूलो पार्टी बन्ने : सांसद चौधरी
लोसपा मधेशको सबैभन्दा ठूलो पार्टी बन्ने : सांसद चौधरी

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु