सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको खोप

राजविराज राजविराज
|
शनिबार, श्रावण १६, २०७८
|
|
२९ पटक हेरिएको
Shares
सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको खोप

सारांश

  •     पहिलो चरणमा लगाएका कोभिशिल खोप २७ हजार ब्यक्ती दोश्रो मात्रा आउने पखाईमा छन ।
  • दोश्रो मात्राको भारतबाट आउने कोभिशिल लिन बाँकी २७ हजार जनालाई पनि छिट्टै खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  •       जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पहिलो मात्रा लिइसकेका २७ हजार व्यक्तिलाई खोप लगाउन ढिलाई भएकाले दोश्रो मात्रा बारे मन्त्रालयमा पहल भइरहेको छ ।

दैनिक समाचारदाता
राजबिराज, १५ साउन ।
    कोरोना भाइरसबाट बच्नका लागि सप्तरीमा शुक्रवारसम्म ५७ हजार व्यक्तिले कोभिड–१९ विरुद्धको पुर्ण खोप लगाईसकेका छन् । 
    पहिलो चरणमा लगाएका कोभिशिल खोप २७ हजार ब्यक्ती दोश्रो मात्रा आउने पखाईमा छन । दोश्रो मात्राको भारतबाट आउने कोभिशिल लिन बाँकी २७ हजार जनालाई पनि छिट्टै खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पहिलो मात्रा लिइसकेका २७ हजार व्यक्तिलाई खोप लगाउन ढिलाई भएकाले दोश्रो मात्रा बारे मन्त्रालयमा पहल भइरहेको छ । 
    यता चिनबाट प्राप्त भेरोसेल खोपको दुबै डोज जिल्लाका ४० हजार जनाले हालसम्म लिई सकेको उनले जानकारी दिए । 
    यस्तै अमेरिकाबाट उत्पादित जोन्सन एण्ड जोन्सनको पुर्ण डोज १७ हजार जनाले लगाइसकेको तथा उक्त खोप ३५ हजार प्राप्त भएकोमा शुक्रवारसम्म १७ हजार व्यक्तिले लगाइसकेको उनको भनाई छ । बाकी रहेका १८ हजार खोप साउन १७ गते देखी विभिन्न पालिकामा प्रदान गरिने तयारी रहेको उनले बताए । 
    जिल्लामा सबै उमेर समुहका लागी करिब ६ लाख ५० हजार खोप आवश्यक रहेपनि हालसम्म कुल जनसंख्याको करिब ९ प्रतिशतले मात्र कोभिड–१९ विरुद्धको खोप पाएको उनको भनाई छ । 
    कोरोना भाईरसको उपचारका लागी निश्चित औषधी नभएका कारण यसको रोकथाम गर्न निर्माण भएको खोप चिन, अमेरिका र भारतबाट सरकारले झिकाउने गरेको उनले जानकारी दिए । 
    पहिलो चरणमा हिचकिचाहट र संकोच देखिएपनि अहिले नागरिकको उत्साहप्रद सहभागिता देखिएको तथा अधिकांश खोप केन्द्रमा भिड ब्यवस्थापन गर्न हम्मे हम्मे परेको उनको भनाई छ । 
    सप्तरीमा कोरोना भाईरसको संक्रमण सुरु भएदेखि हालसम्म पहिलो चरणमा ४२ र दोश्रो चरणमा १ सय १५ गरी १ सय ५७ जनाको मृत्यु भई सकेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठीका किसानलाई अनुदानमा कुट्टी काट्ने मेशिन वितरण
तिलाठीका किसानलाई अनुदानमा कुट्टी काट्ने मेशिन वितरण
प्रेस युनियनद्वारा महासंघमा धर्ना
प्रेस युनियनद्वारा महासंघमा धर्ना
प्रहरीले गोली चलाउँदा जनमतका पाँच कार्यकर्ता घाइते
प्रहरीले गोली चलाउँदा जनमतका पाँच कार्यकर्ता घाइते
प्रदेशलाई अधिकार नदिए आन्दोलनको  विकल्प छैन् ः मन्त्री साह
प्रदेशलाई अधिकार नदिए आन्दोलनको  विकल्प छैन् ः मन्त्री साह
नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न 
नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न 
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
जुवा खेलिरहेका घरधनीसहित ८ जना व्यक्ति पक्राउ
जुवा खेलिरहेका घरधनीसहित ८ जना व्यक्ति पक्राउ
एकै दिन दुई जनाले गरे आत्महत्या,  साइकल नदिएको झोकमा विषादी सेवन
एकै दिन दुई जनाले गरे आत्महत्या,  साइकल नदिएको झोकमा विषादी सेवन
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान