दैनिक समाचारदाता
राजबिराज, १६ भदौं ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पक्षमा बुधवार जिल्ला समन्वय समिति सप्तरीका प्रमुखसहित १८ जना जनप्रतिनिधीहरुको सनाखत गरेका छन् ।
निर्वाचन आयोगले भदौ २२ गतेसम्म पार्टी रोज्न पाउने भनेपछि पूर्वराजपाबाट निर्वाचित जिसस प्रमुख प्रभाकर यादब सहित राजविराज नगरपालिकाका उपप्रमुख साधना झासहितका जनप्रतिनिधिले लोसपा रोजेका हुन् ।
यस्तै बुधबार लोसपा रोजेका जनप्रतिनिधिहरुमा छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष उषा मण्डल, छिन्नमस्ता गाउपालिका वडा नं. ७ का अध्यक्ष प्रमिला यादब, छिन्नमस्ता गाउपालिका वडा नं. १ का अध्यक्ष बिनोद यादब, वडा सदस्य उषा झालगायत रहेको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिएका छन् ।
सनाखत गरिएपछि जिसस प्रमुख यादबले दलमा सनाखत गर्नका लागि निर्वाचन कार्यालयले भदौ २२ गते सम्म समय सीमा तोकेकोले पुर्व राजपावाट निर्वाचित सबै जनप्रतिनिधिहरू लोसपामा आउन बिश्वास ब्यक्त गरे ।
सो अवसरमा लोसपाका नेता केशव झा, जय प्रकाश ठाकुर, दिनेश यादब, गजेन्द्र कुमार मण्डल, दिपेन्द्र चौधरी, महिला नेतृ पुनम यादब, बिनोद यादब, बिजय यादब, सुनिल झा, अमरनाथ मण्डल लगायतको उपस्थिति रहेको थियो ।
जिसस प्रमुखसहित १८ जना जनप्रतिनिधिले रोजे लोसपा
सारांश
- निर्वाचन आयोगले भदौ २२ गतेसम्म पार्टी रोज्न पाउने भनेपछि पूर्वराजपाबाट निर्वाचित जिसस प्रमुख प्रभाकर यादब सहित राजविराज नगरपालिकाका उपप्रमुख साधना झासहितका जनप्रतिनिधिले लोसपा रोजेका हुन् ।
- यस्तै बुधबार लोसपा रोजेका जनप्रतिनिधिहरुमा छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष उषा मण्डल, छिन्नमस्ता गाउपालिका वडा नं.
- ७ का अध्यक्ष प्रमिला यादब, छिन्नमस्ता गाउपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया