प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह

राजविराज राजविराज
|
बिहिबार, आश्विन ७, २०७८
|
|
१०३ पटक हेरिएको
Shares
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह

सारांश

  •     सप्तरीको सुरुङ्गा नगरपालिकास्थित भेडीयामा नव निर्मित इलाका प्रहरी कार्यालय भवनको बुधबार उदघाटन गर्दे उनले सो कुरा बताएका हुन् ।
  •       उनले प्रदेश २ मा मुख्य रुपमा देखिएको लागु औषध दुव्र्यसन र बालबालिकाको प्रेम विवाहले निकै समस्या पर्ने गरेको जिकिर गरे ।
  •       सो कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्णले अपराध न्यूनीकरणका लागि अपराधीलाई प्रश्रय र निर्दाेषलाई फसाउने काम बन्द गर्नुपर्नेमा जोड दिइन् ।

दैनिक समाचारदाता
राजविराज, ६ असोज । 
    प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रदेशमा लागु औषध नियन्त्रण तथा त्यसको व्यवस्थापन गर्न सुधार केन्द्रको आवश्यक रहेकोले त्यसतर्फ आफूहरु गम्भिर रहेको बताएका छन् । 
    सप्तरीको सुरुङ्गा नगरपालिकास्थित भेडीयामा नव निर्मित इलाका प्रहरी कार्यालय भवनको बुधबार उदघाटन गर्दे उनले सो कुरा बताएका हुन् । 
    उनले प्रदेश २ मा मुख्य रुपमा देखिएको लागु औषध दुव्र्यसन र बालबालिकाको प्रेम विवाहले निकै समस्या पर्ने गरेको जिकिर गरे । 
    सो कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्णले अपराध न्यूनीकरणका लागि अपराधीलाई प्रश्रय र निर्दाेषलाई फसाउने काम बन्द गर्नुपर्नेमा जोड दिइन् । उनले सामाजमा अहिले बढीरहेको लागूपदार्थ सेवन त्यसबाट हुने दुर्घटनाको न्यूनीकरण गर्न सबै मिलेर अघि बढनुपर्ने सुझाव पनि दिइन् । 
    कार्यक्रममा प्रदेश सभा सदस्यद्वय दिलिप कुमार साह, गोविन्द बहादुर न्यौपाने, प्रमुख जिल्लाअधिकारी जनार्दन गौतम, प्रदेश प्रहरी कार्यालयका निमित प्रमुख मसुद आलम खाँ, सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरी, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमला, २ नम्बर प्रदेश कार्यालय टिएसटी प्रमुख प्रहरी निरीक्षक चिरञ्जिवी प्रसाद महतोलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय जनकपुरधामद्वारा कूल ५ करोड १३ लाख ६७ हजारमा लागतमा तीन तल्ले कार्यालय, ब्यारेक, मेस, शौचालयसहितको निर्माण गरिएको हो । 
    सो अवसरमा निर्माण कार्य गरेका ठेकेदार कम्पनी तुलसी भक्त कन्स्ट्रक्सनका प्रतिनिधि तथा निर्माण कार्यमा संलग्नहरुलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपा संसदीय दलका नेता  शर्माको सेवासुविधा रोक्का
लोसपा संसदीय दलका नेता  शर्माको सेवासुविधा रोक्का
कोरोना पोजेटिभ पाइएका व्यक्तिको घर रहेको सप्तरीको दुई स्थानीय तहको दुई वडा शिल
कोरोना पोजेटिभ पाइएका व्यक्तिको घर रहेको सप्तरीको दुई स्थानीय तहको दुई वडा शिल
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप
मलाह कल्याण संघले थालेको रिले अनसन चौथो दिन पनि जारि 
मलाह कल्याण संघले थालेको रिले अनसन चौथो दिन पनि जारि 
दुर्घटनामा घाइते भएका बिजुलीको उपचारका क्रममा मृत्यु
दुर्घटनामा घाइते भएका बिजुलीको उपचारका क्रममा मृत्यु
“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित
“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित
२७ वर्षदेखी सुरु भएको खानेपानी आयोजना अझै अधुरै
२७ वर्षदेखी सुरु भएको खानेपानी आयोजना अझै अधुरै
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट 
उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट