छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 

राजविराज राजविराज
|
शनिबार, आश्विन २३, २०७८
|
|
२४ पटक हेरिएको
Shares
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 

सारांश

  •     पूर्वपश्चिम लोकमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका ६ ईन्द्रचौतारी चोकमा शनिबार बसको ठक्करबाट मोटरसाइकल पछाडी सवार एक महिलाको ज्यान गएको छ ।
  •       पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र.
  • २–०१–००१ प ०३३४ नं.

दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
    सप्तरीमा शनिबार दुई छुट्टाछुट्टै दुर्घटनामा परि एक महिला र एक बालक गरि दुई जनाको मृत्यु भएको छ । 
    पूर्वपश्चिम लोकमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका ६ ईन्द्रचौतारी चोकमा शनिबार बसको ठक्करबाट मोटरसाइकल पछाडी सवार एक महिलाको ज्यान गएको छ ।  
    पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र.२–०१–००१ प ०३३४ नं.को मोटरसाइकललाई सोही दिशातर्फ जादै गरेको बा.३ख. ९६९० नं. को बसले ठक्कर दिदा मोटरसाइकल पछाडी सवार सोही नगरपालिका ९ निवासी ३० वर्षिया गुल्लु खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    ठक्करबाट घाईते भएकी खातुनलाई उपचारका लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक मृतकका पति ३२ वर्षिय मो. कुदरस र निजका ५ वर्षिय छोरा मो. समद सामान्य घाईते भएका छन् । 
    यता ठक्कर दिने बस र बस चालक दोलखा कालिन्चोक गाउँपालिका ४ निवासी ३३ वर्षिय नेत्र बहादुर थामीलाई प्रहरीले नियन्त्रमा लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ । 
    यस्तै स्कारपियोको ठक्करबाट घाइते भएका एक बालकको उपचार हुन नसक्दा घर फर्किने क्रममा मृत्यु भएको छ । 
    प्रहरीका अनुसार साउन १८ गते सप्तरीको रुपनी गाउँपालिका ६ स्थित पुर्वपश्चिम राजमार्गमा ना.२च. ३७५४ नम्बरको स्कारपियोले स्थानिय तुलसी चौधरीका १० वर्षिय छोरा सुशिल चौधरीलाई ठक्कर दिएको थियो । 
    सो ठक्करबाट गम्भिर घाईते भएका बालक चौधरीको उपचार भइरहेको तथा सुधार नआएपछि अस्पतालका चिकित्सकले उपचार सम्भव नभएको भन्दै डिस्चार्ज गरिदिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    अस्पतालले डिस्चार्ज गरेपछि साउन २२ गते घाइते अवस्थामै घरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    यता मृतकको शव कानुन अनुसार मुचुल्का उठाएको तथा पोष्टमार्टम समेतको भएको जनाउँदै प्रहरीले दुर्घटना गराउने गाडीलाई नियन्त्रणमा लिई घटना सम्बन्धी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका
शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल
शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 
लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
नेपाल सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न, सात सदस्यी संचालक समिति गठन
राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सप्तरीले पाए ८ स्वर्ण पदक, मन्त्रीले गरे खेलाडीलाई सम्मान 
राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सप्तरीले पाए ८ स्वर्ण पदक, मन्त्रीले गरे खेलाडीलाई सम्मान