वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २, २०७८
|
|
३० पटक हेरिएको
Shares
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न

सारांश

  •     वर्षाको पानीको उचित निकास हुन नसक्दा राजविराज नगरपालिकाको बजार क्षेत्रमा डुवानमा परेका हुन् ।
  • राजविराजस्थित सिरहा रोड, अदालत रोड, पानी ट्याङ्कि रोड, गजेन्द्र चौक, दशन चौक, रुपनी रोड लगायत क्षेत्र जलमग्न भएको छ ।
  •     वर्षाको पानीले सडक मात्र नभएर बृहत जनाधार व्यवस्थापन कोशी फिल्ड सेन्टर, कृषि ज्ञान केन्द्र, शिक्षा समन्वय इकाई शाखा, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, नेपाल रेडक्रस सोसाइटी शाखा, घरेलु तथा साना उद्योग कार्यालय, बेल्ही भन्सार लगायतका संघसंस्था र कार्यालय पनि जलमग्न भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक । 
    सोमबार रातीदेखीको चलेको हावासँगै भइरहेको अविरल वर्षाका कारण राजविराज नगरको अधिकांश सडक तथा टोलहरु जलमग्न भएका छन् । 
    वर्षाको पानीको उचित निकास हुन नसक्दा राजविराज नगरपालिकाको बजार क्षेत्रमा डुवानमा परेका हुन् । राजविराजस्थित सिरहा रोड, अदालत रोड, पानी ट्याङ्कि रोड, गजेन्द्र चौक, दशन चौक, रुपनी रोड लगायत क्षेत्र जलमग्न भएको छ ।
    वर्षाको पानीले सडक मात्र नभएर बृहत जनाधार व्यवस्थापन कोशी फिल्ड सेन्टर, कृषि ज्ञान केन्द्र, शिक्षा समन्वय इकाई शाखा, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, नेपाल रेडक्रस सोसाइटी शाखा, घरेलु तथा साना उद्योग कार्यालय, बेल्ही भन्सार लगायतका संघसंस्था र कार्यालय पनि जलमग्न भएका छन् ।
    वर्षाको पानीले निकास नपाउँदा राजविराज नगरपालिका ८ स्थित हिमालय टोल, ५ स्थित मिथिला टोल, ७ स्थित खर्साल टोल, ६ स्थित सिरहा रोडको घर घरमा पानी पसेको छ । 
    सडक र आसपासमा भएको डुवानले सर्वसाधारणलाई आवतजावतमा समस्या हुनुका साथै यातायातका साधनहरु गुड्न कठिनाई भएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायपालिकालाई अझ छिटोछरितो बनाउन रणनीतिक योजना सार्वजनिक
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन रणनीतिक योजना सार्वजनिक
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
सरस्वतीको मुर्तिलाई अन्तिम रुप दिइदै 
सरस्वतीको मुर्तिलाई अन्तिम रुप दिइदै 
स्थानिय तहको वर्गिकरणमा सप्तरीका १८ मध्ये  ६ दुर्गम, ११ मध्यम र राजविराज सुगममा 
अत्याधुनिक ओसिटी तथा मायोपिया मेशिनबाट आँखाको उपचार शुरु
अत्याधुनिक ओसिटी तथा मायोपिया मेशिनबाट आँखाको उपचार शुरु
अखाद्य बस्तुको प्रयोगले वर्षेनी ६० करोड उपभोक्ताले ज्यान गुमाउँदै
अखाद्य बस्तुको प्रयोगले वर्षेनी ६० करोड उपभोक्ताले ज्यान गुमाउँदै
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”  
एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”  
कृषि विश्वविद्यालयको खातामा करोडौं रकम रहेकोले  कामकाजमा बाधा पर्दैन ः मुख्यमन्त्री सिंह
कृषि विश्वविद्यालयको खातामा करोडौं रकम रहेकोले  कामकाजमा बाधा पर्दैन ः मुख्यमन्त्री सिंह
“लेखनाथ आदर्श पुस्तकालय”  को हल निर्माणका लागि प्रक्रिया सुरु
“लेखनाथ आदर्श पुस्तकालय”  को हल निर्माणका लागि प्रक्रिया सुरु