दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
विश्व हिन्दु परिषद नेपाल सप्तरीले देशका विभिन्न भागमा हिन्दु र हिन्दुको आस्थामाथी एक समुदायबाट निरन्तर प्रहार भइरहेको भन्दै त्यस्ता गतिबीधीमा संलग्नलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गरेको छ ।
परिषदका जिल्ला अध्यक्ष रामकिशुन साहको अगुवाईमा सोमवार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाउदै त्यस्तो माग गरिएको हो ।
ज्ञापन पत्रमा केही दिन अघि बाराको कलैया र धनुषाको देवपुरा–रुपैठामा एक समुदायद्वारा हिन्दु धर्मावलम्बी तथा हिन्दु आस्थामाथी प्रहार हुदा त्यस अपराधमा संलग्नलाई हाल सम्म पक्राउ नगरिएको भन्दै कडा आपत्ती र असन्तुष्टी ब्यक्त गरिएको छ ।
ज्ञापन पत्र मार्फत हिन्दु धर्मावलम्बी, हिन्दु धर्म र आस्था प्रति प्रहार गर्नेहरुलाई अविलम्व पक्राउ नगरीए शसक्त आन्दोलनमा उत्रिने र यसबाट उत्पन्न हुने असहज परिस्थितीको सम्पुर्ण जिम्मेवारी स्थानीय प्रशासन नै हुने चेतावनी समेत दिइएको छ ।
हिन्दु धर्म र आस्थाप्रति प्रहार गर्नेलाई कारवाहीको माग
सारांश
- परिषदका जिल्ला अध्यक्ष रामकिशुन साहको अगुवाईमा सोमवार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाउदै त्यस्तो माग गरिएको हो ।
- ज्ञापन पत्रमा केही दिन अघि बाराको कलैया र धनुषाको देवपुरा–रुपैठामा एक समुदायद्वारा हिन्दु धर्मावलम्बी तथा हिन्दु आस्थामाथी प्रहार हुदा त्यस अपराधमा संलग्नलाई हाल सम्म पक्राउ नगरिएको भन्दै कडा आपत्ती र असन्तुष्टी ब्यक्त गरिएको छ ।
- ज्ञापन पत्र मार्फत हिन्दु धर्मावलम्बी, हिन्दु धर्म र आस्था प्रति प्रहार गर्नेहरुलाई अविलम्व पक्राउ नगरीए शसक्त आन्दोलनमा उत्रिने र यसबाट उत्पन्न हुने असहज परिस्थितीको सम्पुर्ण जिम्मेवारी स्थानीय प्रशासन नै हुने चेतावनी समेत दिइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया