दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
नेपाली काग्रेस सप्तरीको प्रादेशिक सभा क्षेत्रको बिहीबार सम्पन्न अधिवेशनमा क्षेत्र नं. ३ को क र ख मा देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध निर्वाचित भएका छन् ।
प्रादेशिक सभा क्षेत्र नं. ३ को क बाट प्रादेशिक क्षेत्रिय सभापतिमा ध्रुबकुमार मण्डल र ख बाट भागवतप्रसाद यादव प्यानलसहित निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
काँग्रेसका जिल्ला सभापति दिनेश कुमार यादवको निर्वाचन क्षेत्र समेत रहेको सो क्षेत्रमा सर्वसम्मतीले निर्विरोध चयन सम्भव भएको पार्टीका प्रवक्ता प्रभातकुमार ललनले जानकारी दिए । अन्य क्षेत्रमा भने सहमति हुन नसक्दा बिहीबार निर्वाचन हुने तय भएको छ ।
यस क्रममा बुधबारै अन्य प्रादेशिक क्षेत्रमा संस्थापन र संस्थापन इतर पक्षले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी डा. रुद्र नारायण शर्माका अनुसार प्रादेशिक सभा, क्षेत्र नं. १ को क बाट प्रादेशिक क्षेत्रिय सभापतिका लागि पर्शुराम चौधरी र कृष्ण ढकाल तथा ख बाट मुरली खिरहरी तथा उमेश मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै प्रादेशिक सभा क्षेत्र २ को प्रादेशिक क्षेत्रिय सभापतिका लागि सतिशचन्द्र झा (मदन) र श्याम यादव तथा ख बाट महेन्द्र यादव र एनेश्वर दासले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रादेशिक सभा क्षेत्र नं. ४ मा भने संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच केही विवाद देखिएकाले हाल अधिवेशन हुन नसकेको र विवाद समाधान गरि छिटै अधिवेशन गर्ने तयारी भइरहेको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध
सारांश
- प्रादेशिक सभा क्षेत्र नं.
- ३ को क बाट प्रादेशिक क्षेत्रिय सभापतिमा ध्रुबकुमार मण्डल र ख बाट भागवतप्रसाद यादव प्यानलसहित निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
- काँग्रेसका जिल्ला सभापति दिनेश कुमार यादवको निर्वाचन क्षेत्र समेत रहेको सो क्षेत्रमा सर्वसम्मतीले निर्विरोध चयन सम्भव भएको पार्टीका प्रवक्ता प्रभातकुमार ललनले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया