सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित

राजविराज राजविराज
|
बिहिबार, मंसिर २३, २०७८
|
|
८८ पटक हेरिएको
Shares
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित

सारांश

  •     निर्माण कार्यलाई सम्पन्न गर्न दवाब दिने उद्देश्यले गठित राजदेवी बस पार्क संघर्ष समितिले बिहीबार सरोकारवालालाई ज्ञापनपत्र बुझाएको छ ।
  •     स्थानियले बिहीबार राजविराजका नगर प्रमुख शम्भुप्रसाद यादवलाई एक ज्ञापनपत्र बुझाउँदै अविलम्ब बस पार्कको निर्माण कार्य सम्पन्न नगरिए थप सशक्त आन्दोलन कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन् ।
  •       संघर्ष समितिका संयोजक रामदेव यादवको अगुवाईमा जिल्ला प्रशासन कार्यालयमा समेत बुझाइएको ज्ञापनपत्रको बोदार्थ संघीय सहरी विकास आयोजना डिभिजन कार्यालयलाई समेत दिइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ मंसिर । 
    निर्माण कार्य सम्पन्न गर्ने समयअवधी पुरा भइसक्दा पनि राजविराज बसपार्कको निर्माण कार्य सम्पन्न नभएको भन्दै स्थानिय आन्दोलित भएका छन् । 
    निर्माण कार्यलाई सम्पन्न गर्न दवाब दिने उद्देश्यले गठित राजदेवी बस पार्क संघर्ष समितिले बिहीबार सरोकारवालालाई ज्ञापनपत्र बुझाएको छ ।
    स्थानियले बिहीबार राजविराजका नगर प्रमुख शम्भुप्रसाद यादवलाई एक ज्ञापनपत्र बुझाउँदै अविलम्ब बस पार्कको निर्माण कार्य सम्पन्न नगरिए थप सशक्त आन्दोलन कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन् । 

    संघर्ष समितिका संयोजक रामदेव यादवको अगुवाईमा जिल्ला प्रशासन कार्यालयमा समेत बुझाइएको ज्ञापनपत्रको बोदार्थ संघीय सहरी विकास आयोजना डिभिजन कार्यालयलाई समेत दिइएको छ । 
    बुझाइएको ज्ञापनपत्रमा २०७७ साल पुस १८ गते भित्र राजविराजस्थित राजदेवी बस पार्क निर्माण गरिसक्ने गरि १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुँपैयामा ठेक्का लिएको सिनरश्री बिल्डर्स प्राली काठमाडौंका ठेकेदारको लापरवाहीले हालसम्म काम सम्पन्न हुन नसकेको उल्लेख गरिएको छ । 
    ज्ञापन पत्र बुझाउँदै स्थानियहरुले राजविराजस्थित वडा नं. २ मा लामो समयदेखी निर्माणाधिन अवस्थामा रहेको बस पार्क तोकिएको समय अवधी भन्दा एक वर्ष नाघिसक्दा पनि सम्पन्न हुन नसकेकोमा संघर्ष समिति गठन गरि आन्दोलित भएका हुन् । 
    ज्ञापन पत्रमार्फत सम्झौता अनुसारको काम अविलम्ब सम्पन्न गराउन, डिपिआर प्रमाणित नक्सा भित्र अनाधिकृत रुपमा बनाउन खोजिएको अन्य संरचनाको काम रोक्न तथा समयमै काम गर्न नसक्ने ठेकेदार कम्पनिलाई कारवाही गर्न माग समेत गरिएको छ ।  
    यता बस पार्क निर्माण हुन नसक्दा सवारीधनीले मुख्य बजारको सडक किनारबाटै बर्षौदेखी गाडी संचालनमा ल्याउने गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडा कार्यालयमा तालाबन्दीका सेवाग्राहीलाई सास्ती
वडा कार्यालयमा तालाबन्दीका सेवाग्राहीलाई सास्ती
कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार
कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार
आठ दिनको अन्तरालमा  बाबु–छोरा निलम्बनमा
आठ दिनको अन्तरालमा  बाबु–छोरा निलम्बनमा
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु
ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  
ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने
रुपनी राईडर्सलाई हराउँदै युथ एकेडमीको विजयी शुरुवात
रुपनी राईडर्सलाई हराउँदै युथ एकेडमीको विजयी शुरुवात
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
महिला सशक्तिकरणको लागि  छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा
महिला सशक्तिकरणको लागि  छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु