दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
सप्तरीमा सन् २०२१ को अवधीमा आठ वटा हत्यासहित ९४ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व शुक्रबार राजविराजमा बार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गरेका प्रतिवेदनमा सो अवधिमा बलात्कारपछि नौ वर्षीया बालिकाको हत्या, १६ वर्षीय बालक, ८९ वर्षीय अति वरिष्ठ ज्येष्ठ नागरिक र ४७ वर्षीया महिलाको हत्यासहित गैरराज्य पक्षबाट आठ जनाको हत्या भएको जनाइएको छ ।
यस्तै आत्महत्या दुरुत्साहनका तीन घटनाका आरोपितहरुमा पति, सासु, ससुरा र देवर छन् । बाल यौन दुव्र्यवहारमा ९ घटनामा ९ देखि १७ वर्षीया १० बालिका पीडित भएकी प्रतिवेदनमा उल्लेख गरिएको छ । सोही वर्ष ६ वर्षीय बालकमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा २० वर्षीय युवक पुर्पक्षका लागि थुनामा रहेको जनाइएको छ ।
महिला बलात्कारका ९ घटनामा १८ माथि ३० वर्षीयासम्मका ९ महिला पीडित भएकी छिन । बलात्कारको घटनामा १९ देखि ३३ वर्षीय ९ जना आरोपितहरु छन् । जसमा १ जना थुनामा, २ जना जिम्माजमानीमा र ३ जना पुर्पक्षका लागि धरौटीमा रिहा भएका छन् भने ३ जना फरार छन् ।
महिला बलात्कार प्रयासका ९ घटनामा २० देखि ३१ वर्षीया महिला पीडित भइन् । यसमा २१ देखि ५० वर्षीय १३ जना आरोपित रहेका छन् । दुई ओटा उजुरी अनुसन्धानका क्रममा छ । बाँकी ७ घटनामध्ये १ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा र ३ जना फरार रहेका छन् । यौन दुव्यर्वहारका २ घटनामा पीडितले उजुरी फिर्ता लिइन् ।
बहुविवाहको ९ घटनामा २१ देखि ४६ वर्षीया महिला पीडित बनेकी छिन । आरोपितमध्ये ६ जना पुर्पक्षका लागि धरौटीमा रिहा भए, १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भयो भने २ जना फरार छन् ।
बालविवाहका १ घटना जनप्रतिनिधी, प्रहरी, इन्सेक र गाउँलेको पहलमा रोकिएको छ भने २ बालविवाहको आरोपित १० मध्ये १ जना पुर्पक्षका लागि धरौटीमा रिहा, १ जनाविरुद्ध पक्राउ पुर्जी, ५ जनाविरुद्ध म्यादी पुर्जी र ३ जना फरार छन् । १४ वर्षीया १ बालिका अपहरणको आरोपमा १ जना आरोपित पुर्पक्षका लागि थुनामा छन् ।
मानव वेचविखनको १, अपहरणको ३, गैरकानुनी थुनाको १, अमानविय व्यवहारको १, घरेलु हिंसाको ६ घटना अभिलेख गरिएको छ । कुटपिट÷दुव्र्यवहारको ६ घटनामा घाइते हुनेमा ४ कर्मचारी, १ शिक्षक, १ डाक्टर, १ सर्वसाधारण रहेका छन् ।
इन्सेक सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको अध्यक्षतामा आयोजित गोष्ठिमा जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, स्रेस्तेदार कुमार मास्के, एसपी अबिनारायण काफ्ले, सशस्त्र एसपी राजु श्रेष्ठ, उपअनुसन्धान निर्देशक नरेशबहादुर शाह, जिल्ला न्याधिवक्ता मोहम्मद मुन्ना, सेनानी कर्मेन्द्रसिंह भाट, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, ज्येष्ठ नागरिक महासंघका प्रदेश २ अध्यक्ष शंकर शारदा, सामुदायिक सेवा केन्द्र अध्यक्ष हितनारायण लाल दास, राजविराज उच्च अदालत बार एशोसिएसन अध्यक्ष भरत यादव, सप्तरी जिल्ला बार एशोसिएसन अध्यक्ष डोमन साह, नेपाल पत्रकार महासंघ अध्यक्ष श्रवण देव, मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुबर साह, प्याब्सन सचिव संजय शर्मा, अधिवक्ताहरु मीना देव, मनु खनाल, पार्वती जोशी थारु, दानो चौधरीले धारणा राखेका थिए ।
कार्यक्रममा कारागार कार्यालयका सन्दिप देब, समावेशी अपाङ्ग संघका अशोककुमार यादव, कानुन व्यवसायी उमाशंकर देव, पत्रकार दिनानाथ यादव, मैथिली महिला परिषदकी प्रतिमा देव, उमेश मेहतरलगायतको सहभागिता रहेको थियो ।
सन् २०२१ मा ८ वटा हत्यासहित ९४ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना
सारांश
- नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व शुक्रबार राजविराजमा बार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
- इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गरेका प्रतिवेदनमा सो अवधिमा बलात्कारपछि नौ वर्षीया बालिकाको हत्या, १६ वर्षीय बालक, ८९ वर्षीय अति वरिष्ठ ज्येष्ठ नागरिक र ४७ वर्षीया महिलाको हत्यासहित गैरराज्य पक्षबाट आठ जनाको हत्या भएको जनाइएको छ ।
- यस्तै आत्महत्या दुरुत्साहनका तीन घटनाका आरोपितहरुमा पति, सासु, ससुरा र देवर छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया