राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 

राजविराज राजविराज
|
मंगलबार, पौष २०, २०७८
|
|
७१ पटक हेरिएको
Shares
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 

सारांश

  •     सोमबार आयोजित बालबिकास शिक्षकहरु सम्बन्धी कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
  • राजबिराज नगरपालिकामा अहिले धमाधम सडकहरु कालोपत्रे हुने क्रम जारि रहेको भन्दै उनले आउँदो बैशाखसम्म राजबिराज नगरपालिकाको ५० किलो मिटरभन्दा बढी सडक कालोपत्रे हुने दाबी समेत गरे ।
  •       बाल शिक्षक र बिद्यालय सहयोगीहरुको तलब वृद्धि भएको घोषणा गर्दै उनले अब बाल शिक्षकहरु र बिद्यालय सहयोगीले १५ हजार तलब पाउने बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ पुस । 
    राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले राजबिरजमा नगरपालिका भित्र बिकासको लहर आएको बताएका छन् । 
    सोमबार आयोजित बालबिकास शिक्षकहरु सम्बन्धी कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । राजबिराज नगरपालिकामा अहिले धमाधम सडकहरु कालोपत्रे हुने क्रम जारि रहेको भन्दै उनले आउँदो बैशाखसम्म राजबिराज नगरपालिकाको ५० किलो मिटरभन्दा बढी सडक कालोपत्रे हुने दाबी समेत गरे । 
    बाल शिक्षक र बिद्यालय सहयोगीहरुको तलब वृद्धि भएको घोषणा गर्दै उनले अब बाल शिक्षकहरु र बिद्यालय सहयोगीले १५ हजार तलब पाउने बताए । कार्यक्रममै प्रमुख यादवले राम्रो काम गरेमा अगामी आर्थिक बर्षको बजेटमा थप तलबबृद्धि गर्ने घोषणा समेत गरे । 
    राजबिराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मदन थापाको अध्यक्षता आयोजित कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?